Shittalpati
राष्ट्रियसभाका लागि पाल्पाबाट काँग्रेसका १० उम्मेदवार सिफारिस

पाल्पा, पाल्पाबाट नेपाली काँंग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकबाट राष्ट्रियसभा निर्वाचनका लागि १० जनाको नाम सिफारिस गरेको हो ।

आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १० जनाको नाम सिफारिस गरिएको नेपाली काँग्रेसका जिल्ला सचिव सन्तोष थापा मगरले जानकारी दिए ।  उनका अनुसार राष्ट्रियसभा निर्वाचनका लागि हरी प्रसाद नेपाल, महेन्द्र पाण्डे,  विधान श्रेष्ठ, यमलाल तिमिल्सिना, माधव नेपाल, देवराज ढकाल, दान बहादुर पछाई, शोभा शाक्य, शुक्रराज भण्डारी र अम्बिका पौडेललाई सिफारिस गरिएको छ । त्यसैगर, बैठकमा पार्टीको क्रियाशील सदस्यताको बारेमा व्यापक छलफल गरिएको समेत उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update