पाल्पामा ‘लोकतन्त्र बचाऔं, संविधान बचाऔं’ भन्ने कामना गर्दै मौन प्रदर्शन

पाल्पा, पाल्पामा ‘लोकतन्त्र बचाऔं, संविधान बचाऔं’ भन्ने काम गर्दै मौन प्रदर्शन गरिएको छ । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको संयोजनमा बार एकाई , शिक्षक संघ सहितको सहभागीतामा मौन प्रदर्शन गरिएको हो ।
तानसेनस्थित शितलपाटीमा भएको प्रर्दशनमा देशमा शान्ति कायम गर्न आह्वान गरिएको छ । ‘जेनजी’ पुस्ताका युवाको जायज मागलाई पूरा गर्दै लोकतन्त्र र संविधानको रक्षासँगै देशमा शान्ति सद्भाव कायम होस् भन्ने उद्देश्यले मौन प्रर्दशन गरिएको नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष कमलराज तिमिल्सेनाले बताए । उनले देशको विकास र समृद्धिका लागि शान्ति अपरिहार्य रहेको र सबै मिलेर सद्भावको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२
प्रतिक्रिया दिनुहोस्