Shittalpati
पाल्पाको रम्भामा यार्सागुुम्बा जस्तै देखिने वस्तु फेला

पाल्पा, जिल्लाको रम्भा गाउँपालिका –३, पिपलडाँडाको रिमिघा डाँडा (लेक) मा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको छ । उक्त क्षेमा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको हो ।

भेटिएको वस्तु यार्चा गुम्बा हो, हैन भन्ने विषयमा अनुसन्धान भइरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । उनले भने “ यार्सा जस्तै देखिन्छ तर त्यो यार्चा नै हो भनेर यकिन गर्न सकिएको छैन् । यार्सागुम्बा जस्तै देखिएपछि  ल्याव परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ ।” गाउँपालिकाले अहिले अध्ययन भइरहेकाले उक्त क्षेत्रमा प्रवेश निषेध गरेको छ । पालिकाले सूचना नै निकालेर रिमिघा क्षेत्रमा यार्सागुम्बा  प्रजातिको जडिबुटी भेटिएको र सो ल्याव परीक्षणको कार्य जारी रहेकाले अर्को सूचना नभएसम्मको लागि उक्त क्षेत्रमा प्रवेश निषेध गरेको हो । सो सूचनाको अवज्ञा गरेमा प्रचलित कानुन अनुसार कारवाही हुने पालिकाले जनाएको छ ।  

 

प्रकाशित मिति: आइतबार, जेठ १९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update