Shittalpati
आज विश्व धुम्रपान रहित दिवस

पाल्पा, आज मे ३१ तारिख अर्थात विश्व धुम्रपान रहित दिवस । ‘‘सुर्तीजन्य उद्योगको आकर्षक चालप्राणघातक असर चिरौं यो मोहजाल” भन्ने मूलनाराका साथ विश्वभर र नेपालमा पनि आज विभिन्न चेतनामुलक कार्यक्रमका साथै सूर्तिजन्य पदार्थले मानव स्वास्थ्यमा पार्ने असरका बारेमा विभिन्न सभा, सेमिनार र विभिन्न कार्यक्रम गरी मनाईदैछ ।

नेपालमा हरेक वर्ष करिब २७ हजार मानिसको मृत्यु धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवनका कारण हुने गरेको छ ।  विश्व स्वास्थ्य संगठनको पहलमा सन् १९८७ देखि यो दिवस नेपालमा पनि मनाउँन थालिएको हो । हरेक ३ जना नेपाली मध्ये १ जना धुम्रपान तथा सूर्तिजन्य पदार्थको अमली भएको देखिन्छ । यी तथ्याङ्कहरूले सूर्तिजन्य पदार्थ मानव स्वास्थ्यको लागि अति घातक देखिन्छ भने दीर्घ जीर्ण रोगहरू क्यान्सर, मुटु रोग, दम, खोकी, मधुमेह जस्ता रोग लाग्नुको प्रमुख कारण पनि सूर्तिजन्य पदार्थ हो । सुर्तीजन्य पदार्थको सेवन स्वास्थ्यका लागि घातक मानिन्छ । सूर्ति तथा सूर्तिजन्य पदार्थको सेवनले व्यक्तिको मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्यमा नकारात्मक असर पार्छ । तर, यो थाहा हुँदाहुँदै पनि विश्वभर ठूलो संख्यामा मानिसले कुनै न कुनै रूपमा सूर्तीजन्य पदार्थ सेवन गरिरहेका छन् । मानिसमा बिडी, चुरोट, गुट्खा सेवनले धेरै रोगको जोखिम बढाउँछ । यस्तो अवस्थामा सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानिबारे जनतालाई सचेत गराउने उद्देश्यले हरेक वर्ष विश्वभर विश्व धुम्रपान रहित दिवस मनाइन्छ । विज्ञहरूका अनुसार सुर्ती सेवनले धेरै गम्भीर र ज्यान जोखिममा पार्ने रोगको जोखिम बढाउँछ । फोक्सोको क्यान्सर, कलेजोको क्यान्सर, मुखको क्यान्सर, पेटको क्यान्सर र पाठेघरको क्यान्सरको जोखिम बढाउँछ । यस बाहेक मुटु रोग र इरेक्टाइल डिसफंक्शन जस्ता रोग पनि लाग्न सक्छ ।

प्रकाशित मिति: शनिबार, जेठ १८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update