
पाल्पा, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पछिल्लो पाँच कारोबार दिन पनि लगातार गिरावट देखिएको छ । निरन्तर घटिरहेको नेप्से परिसूचक विहीबार आठ दशमलव ४१ अङ्कले घटेर दुई हजार ६ सय ११ दशमलव ८५ को विन्दुमा कायम भएको हो ।
सो अवधिमा तीन सय २० कम्पनीको एक करोड ७४ लाख २३ हजार ९४३ कित्ता शेयर ७८ हजार ४ सय ९३ पटक खरिदबिक्री हुँदा सात अर्ब आठ करोड ३३ लाख ४८ हजार २४० दशमलव ६३ को कारोबार भएको हो । ८२ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ६४ कम्पनीको घटेको छ भने एउटा स्थिर अवस्थामा छ । कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको मूल्य बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ । होटल समूहको परिसूचक सबैभन्दा बढी वृद्धि भएको छभने विकास बैंक समूहको परिसूचक सबैभन्दा बढी घटेको छ
होटल तथा पर्यटन सेक्टरका कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण सन्तोषजनक छ । साथै व्यापार ० दशमलव ७० प्रतिशत बढ्यो । विकास बैंक सेक्टर सबैभन्दा धेरै २ दशमलव १२ प्रतिशत घट्यो । बैंकिङ ० दशमलव ३०, फाइनान्स ० दशमलव ७९, हाइड्रोपावर ० दशमलव ६५, लगानी ० दशमलव ०४, जीवन बीमा ० दशमलव ४१, उत्पादन ० दशमलव ४५, माइक्रोफाइनान्स ० दशमलव०६, निर्जीवन बीमा ० दशमलव ४० तथा अन्य १ दशमलव १४ प्रतिशत घटे । ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । उपकार लघुवित्तको ९दशमलव ६२, बाराही हाइड्रोपावरको ८ दशमलव ९४, सोल्टी होटलको ८ दशमलव ०५, नेपाल माइक्रोइन्स्योरेन्सको ५ दशमलव २४ प्रतिशत मूल्य बढ्यो ।कर्पोरेट डेभलपमेन्ट बैंकको ८ दशमलव ६५, जोशी हाइड्रोपावरको ७ दशमलव ०६, ग्रिन डेभलपमेन्ट बैंकको ५ दशमलव ९८, सिन्धु विकास बैंकको ५ दशमलव ६९ प्रतिशत मूल्य घट्यो । धेरै कारोबार भएका कम्पनीमा सोल्टी होटल, राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप र सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।