Shittalpati
‘थर्मल थेरापी’ सेवातर्फ आकर्षण बढ्दो  

पाल्पा,पछिल्लो समय ‘थर्मल थेरापी’ पद्धतिप्रति जिल्लाका स्थानीय बासिन्दाको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय मानिसको दैनिक जनजीवन अस्तव्यस्त भइरहेकाले बढ्दो नसर्ने रोगको न्यूनीकरणका लागि यो उपचार पद्धति प्रभावकारी बन्दै गएपछि स्थानीयहरुको आकर्षण बढ्दै गएको हो ।

तानसेनमा थर्मल थेरापी सेवा लिर्दै आएकी बिमला खातीले लामो समयदेखि आफ्नो खुट्टा, ढाड दुख्ने समस्या रहेकोमा थेरापी सेवा लिएपछि भने समस्या समाधान भएको बताइन् । उनले भनिन्“ मैले अस्पताल पुगेर उपचार गरे तर निको भएन, अहिले १५ दिन जति भयो मेरो तौल पनि तीन किलो घटेको छ, खुट्टा ढाडको समस्या पनि विस्तारै राम्रो हुँदै गरेको छ ।” दुर्गादेवी बस्यालले दवाइ भनेको दवाएर राख्ने भएको भन्दै आफुलाई थेरापीले राम्रो गरेको बताइन् । उनले भनिन् “डाक्टर उप्रेन्द कहाँ गएँ तर सन्चो भएन । हात दुख्ने, दिशा नहुने, निन्द्रा नलाग्ने समस्या थियो, मैले योगा पनि गरे तर सञ्चो भएन, अहिले थर्मल थेरापी गरेपछी भने राम्रो भएको छ ।” अर्की बसन्ती सुवालले पनि आफ्नो दाब्रे खुट्टाको समस्या रहेकोमा नियमित थेरापीले निको हुँदै गएको बताईन् । उनीहरु जस्तै यहाँका अधिकांस स्थानीयहरु थर्मल थेरापीतर्फ आकर्षित हुँदै गएका छन् । स्थानीयहरुको बढ्दो आकर्षणलाई मध्यनजर गरी तानसेनमा निःशुल्क थर्मल थेरापी सेवा सुरु गरिएको छ । १० वर्ष अघि माया, खुसी र स्वास्थ्यको अभियान सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको विगेन नेपालले पाल्पाको तानसेनबाट सेवा प्रारम्भ गरेको हो । उसले दक्षिण कोरियामा लामो अनुसन्धान र अन्वेषणबाट विकास भएको विगेन थर्मल थेरापी पद्धति, प्रविधि र उपकरणबाट शारीरिक बनावटको आधारमा बहुप्रभावसहित शरीरका सबै अ·हरूको प्रभावकारी उपचार र परामर्श दिने गरी तानसेनको सिल्खानटोलबाट सेवा प्रारम्भ गरेको छ । विगेन नेपालले निःशुल्क सेवा प्रदान गर्ने गरी पाल्पा सेन्टरको सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी सेवा प्रारम्भ गरेको हो । केही समय अघिदेखि अनौपचारिक रुपमा सेवा दिर्दै आए पनि हिजोदेखि भने विधिवत् रुपमा सेवा सुरु गरिएको विगेन नेपालले जनाएको छ । सेवाको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले रिवन काटेर शुभारम्भ गरेका हुन् । सेवाको प्रारम्भ गर्दै नगर प्रमुख श्रेष्ठले थर्मल थेरापी उपचार पद्धतिप्रति मानिसको आकर्षण बढ्नु स्वास्थ्यका लागि राम्रो भएको बताए । उनले आगामी दिनमा तानसेनका सबै वडाहरुमा विगेन नेपालको सहकार्यमा उक्त सेवा सुरु गर्ने बताए । पूर्व सांसद तथा नेकपा एकिकृत समाजवादीका नेता यादवबहादुर रायमाझीले अभियान प्रभावकारी रहने आफुले विश्वास लिएको बताए । उनले भने “नेपालमा स्वास्थ्य उपचार महँगो छ । तर हामीले त्यही महँगो उपचारलाई विश्वास गर्छौं, निःशुल्क उपचारलाई विश्वास गर्दैनौ, यो सेवा निःशूल्क भए पनि प्रभावकारी रहने विश्वास मैले लिएको छु ।”

नेपालीका काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले आफ्ना सन्तानले आमा बुवाहरुलाई नहेरेको अवस्थामा विगेन नेपालले जुन काम गरेको छ त्यो प्रशंसनिय रहेको बताए । उनले सेवा लिएर लाभान्वित हुन पाल्पाली आमाबुवाहरुलाई आग्रह गरे । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले सरकारले गर्नु पर्ने काम निजि क्षेत्रले गरेकोमा संस्थाको प्रशंसा गरे । उनले स्थानीय सरकारले शिविरमार्फत यस्ता सेवालाई वडा तहमा पु¥याउनुपर्नेमा जोड दिए । उपभोक्ता मञ्चका केन्द्रीय सदस्य माधव नेपालले राम्रा र नराम्र कुराहरुलाई ध्यानमा राखेर काम गर्न संस्थालाई आग्रह गरे । उनले सबै भन्दा प्यारो आफ्नो स्वास्थ्य भएकाले स्वस्थ जीवनमा ध्यान दिनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझीले पछिल्लो समय खानपान र व्यस्त जीवन शैलीका कारण मानव जीवन अस्तव्यस्त बन्दै गएको अवस्थामा थर्मल थेरापी उपचार पद्धति महत्वपूर्ण हुने बताए । उनले यसको व्यापक प्रचार–प्रसार गरी सबै क्षेत्र र वर्गका नागरिकलाई सेवामा समाहित गर्न संस्थालाई आग्रह गरे । संस्थाका संस्थापक अध्यक्ष प्रकाश श्रेष्ठले देशभरका ८२ वटा केन्द्रमार्फत थेरापी सेवा सञ्चालन गर्दै आएको बताए । उनले रोगग्रस्त व्यक्तिहरूलाई निःशुल्क उपचार प्रदान गर्दै स्वास्थ्यप्रति जागरुक बनाउनु विगेन नेपालको मुख्य उद्देश्य रहेको उल्लेख गरे । अध्यक्ष श्रेष्ठले स्थानीय सरकारसँग सहकार्य गरी नीति निर्माण र बजेट व्यवस्थापनमा समेत प्रभावकारी भूमिका खेल्दै भविष्यमा अझ धेरै क्षेत्रमा सेवा विस्तार गर्ने योजना लिएको बताए । कोरोना महामारी अघि पनि तानसेनमा २ बर्ष आफुहरुले सेवा दिए पनि भौतिक रुपमा ठूलो क्षति व्यहोर्नु परेकाले अहिले आएर पुनः सेवा दिन थालेको उनले बताए । अध्यक्ष श्रेष्ठले यो उपचारको कुनै साइट इभेक्ट नभएकाले सबैलाई ढुक्क भएर सेवा लिन आग्रह गरे । नेपाल सरकारबाट स्वीकृत लिएर मेसिन प्रयोगमा ल्याइएको उनको भनाई छ । स्थाकी कार्यकारी निर्देक ज्ञानु लामिछाने गिरिले भनिन् “हामीले हिड्न नसकेका बुवा आमालाई हिड्न सक्ने बनाएका छौं, बोल्न नसक्नेलाई बोल्न सक्ने बनाएका छौं ।” संस्थाका प्रमुख प्रशासकिय अधिकृत मिलन लामिछनेले थेरामी प्राकृतिक उपचार पद्धति भएकाले सबै रोगहरुका लागि उपयुक्त रहेको बताए । उनले हाड जोर्नी, नसा च्यापिएको, ढाँड गर्धनको दुखाई, दम, सुगर, प्रेसर, कोलस्टोरेज, प्यारालाईसिस, पार्किन्सन, अनिन्द्रा, कब्जियत, बाँझोपना, महिनावारी जस्ता समस्याबाट पीडितहरूलाई निःशुल्क स्वास्थ्य परामर्श र थेरापी सेवा उपलब्ध गराइने बताए ।

नियमित प्रयोगबाट हिँडडुल गर्न नसक्ने, शारिरिक दुखाई भएका, कष्टकर जीवन विताइरहेका, लामो चिकित्सकीय उपचारबाट लाभ प्राप्त गर्न नसकेका, जीवनबाट हरेस खाएकाहरुले समेत यो थेरापी सेवाको नियमित प्रयोगबाट स्वास्थ्य लाभ प्राप्त गरी सामान्य जीवनशैलीमा फर्किएको उनको भनाई छ । स्वास्थ्य लाभ प्राप्त गरेका, निरन्तर थेरापीको आवश्यकता भएका तर सेन्टरमा दैनिक आउन नसकी घरमै लगेर उपकरण प्रयोग गर्ने सेवाग्राहीले उपकरण खरिद गर्ने गरेको लामिछानेले बताए । संस्थाले सोही अवसरमा जेष्ठ नागरिक सइ कुमार शाही र विष्णुप्रसाद उदयलाई सम्मान समेत गरेको छ । संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षता, संस्थाका ओनर प्रेमराज श्रेष्ठको स्वागत, रोजबहादुर श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update