Shittalpati
पाल्पाकी एक युवतीमाथि गोली प्रहार, गोली प्रहार गर्नेलाई खोज्दै प्रहरी

बुटवल,  बुटवलमा पाल्पाकी एक युवतीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा बस्ने २९ वर्षीया टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।

उनको कम्मरमाथि गोली लागेको र गम्भीर घाइते भएकाले अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विष्ट पाल्पाको रैनादेवी गाउँपालिका छहराकी भएको बताइएको छ । अहिले उनी  बुटवल–११ बुद्धनगर बसी खाजा घर चलाउदै आएको पाइएको छ । विष्टमाथि गोली प्रहारको कारण  भने खुलेको छैन् । प्रहरीले गोली प्रहार गर्ने व्यक्ति वा समूहको खोजी गरिरहेको छ ।


 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update