Shittalpati
रोकिएन शिक्षकको आन्दोलन

पाल्पा, नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन अझै रोकिएको छैन् । गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने  माग गर्दै शिक्षकहरु यही चैत २० गतेदेखि आन्दोलित छन् ।

शिक्षकहरु काठमाडौंका सडकमा भेला भएर सिठ्ठी बजाउँदै शान्तिपूर्ण तरिकाले सरकारको ध्यानाकर्षण गराइरहेका छन् । महासङ्घले गुणस्तरीय विद्यालय शिक्षाका लागि विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने जनाएको छ । उसले आइतकार विज्ञप्ति जारी गर्दै यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम–गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि काममा संलग्न नहुन सबै शिक्षकहरुलाई आग्रह गरेको छ ।

शिक्षकहरुले नाचगान, सिट्ठी जुलुस, नाराबाजी, सडकमा सुतेर र विभिन्न रचनात्मक ढंगले आन्दोलन गर्दै आएका छन् । देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित भएर आन्दोलन गरेका छन् । उनीहरुले सरकारले चैत्र २५ गतेसम्म पनि आफ्ना मागहरु पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् । यता सरकारले वार्तामा आउन आह्वान गरे पनि शिक्षकहरु वार्तामा बसेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सरकारले शिक्षकहरूको समस्या टुंग्याउने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update