
पाल्पा, सत्तारुढ दल नेकपाको भ्रातृसंगठन अनेरास्ववियूले जिल्ला नेतृत्वको टुंगो लगाएको छ । केही दिन अघि मात्रै केन्द्रीय सदस्यहरुको टुंगो लगाएको केन्द्रीय नेतृत्वले जिल्लाका संयोजक र सहसंयोजकहरुको टुंगो लगाएको हो ।
नेतत्वले अनेरास्ववियू पाल्पाको संयोजकमा पदम सोमै र सह–संयोजकमा हिरामणी पराजुलीलाई चयन गरेको छ । संयोजक सोमै तत्कालिन माओवादी केन्द्रको तर्फबाट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष हुन भने सह–संयोजक पराजुली तत्कालिन नेकपा एमालेको भातृसंगठन अनेरास्ववियूका जिल्ला अध्यक्ष हुन । सोमै र पराजुुलीले जिल्लाको विद्यार्थी आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका छन् । उनीहरु जिल्लाको शैक्षिक क्षेत्रमा देखिएको विकृति विसंगतीका विरुद्धमा सशक्त रुपमा अगाडि बढेको पाइन्छ । पाल्पासँगै देशैभर अनेरास्ववियूको जिल्ला संयोजक र सह–संयोजकको टुङ्गो लागेको छ ।
गत पुस २७ र २८ गते काठमाडौंमा भएको अनेरास्ववियूको नवनिर्मित केन्द्रीय समितिको निर्णयले दिएको कार्यादेश अनुसार संयोजक ऐन महर र सह–संयोजक रंजित तामाङ्गले जिल्ला नेतृत्वको टुंगो लगाएका हुन् ।