Shittalpati
शैक्षिक सामग्री बनाउन शिक्षकलाई तालिम

पाल्पा, जिल्लाको रामपुरमा शैक्षिक सामग्री बनाउन शिक्षकलाई तालिम दिइएको छ ।  रामपुर नगरपालिकाले नगरभित्रका आधारभूत तहमा अध्यापनरत शिक्षकहरुलाई तालिम दिएको हो ।

यहाँका ६० विद्यालयका प्राथमिक तहमा अध्यापन गराउने शिक्षाकहरुलाई शैक्षिक सामग्री निर्माण सम्बन्धी तालिम दिइएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । कक्षा शिक्षणका क्रममा प्रयोग गरिने विभिन्न शैक्षिक सामग्री निर्माण गर्न प्राथमिक तहका ३० र आधारभूत तह र माध्यमिक तहका ३० जना शिक्षकहरुलाई २/२ दिन गरी ४ दिन सम्म सिप सिकाईएको हो । तालिमको एक कार्यक्रमका बिच समापन गरिएको छ । तालिमको समापन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले नगरका हरेक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरी शैक्षिक अवस्थाको स्तरोन्नतीका लागि नगर सरकार प्रतिबद्ध भएर लागेको बताइन् । शैक्षिक सुधार र विकासका लागि बुक फ्रि फ्राईडे लगाएत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै उनले हरेक विद्यालयमा हुने कक्षा शिक्षणलाई प्रभावकारी बनाउनका लागि तालिमको आयोजना गरिएको उल्लेख गरिन । उनले नगरपालिकाले गरेको लगानी अनुसार कक्षा शिक्षणमा लगानशिलताका साथ अध्यापन गराउन शिक्षकहरुलाई आग्रह गरिन । कार्यक्रममा रामपुर नगरपालिकाका सामाजिका विकास समितिका संयोजक सिमादेवी थापाले तालिममा सिकेका सिपलाई कक्षा शिक्षणको क्रममा पूर्ण रुपमा लागु गर्न आग्रह गरिन् । स्थानीय स्तरमा प्राप्त स्रोत साधनबाट थोरै समय र विना लगानीमा शैक्षिक सामग्री निर्माण गरि राम्रो र रमाईलो वातावरणमा कक्षा शिक्षणका लागि तालिमको आयोजना गरिएको नगर शिक्षा अधिकृत विकल काफ्लेले बताए । कार्यक्रममा बोल्दै व्रिटिस काउन्सियलका प्रशिक्षक मेनुका थापाले प्रभावकारी कक्षा शिक्षणमा शैक्षिक सामग्रीको प्रयोग महत्वपूर्ण रहेको भन्दै कार्यशालामा सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गरिन । यस्तै सहभागीहरुको तर्फबाट मदरसा नुरुल हँुदा आधारभूत विद्यालयका शिक्षक नजमुन निसाले शैक्षिक सामग्रीको प्रयोगबाट विद्यार्थीहरुलाई सिकाउन सजिलो हुने भन्दै तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रमको सहजिकरण व्रिटिस काउन्सियलका प्रशिक्षक मेनुका थापा र सुमिना कुवँरले गरेकी थिइन् । रामपुर आयुर्वेद अस्पतालको योग हलमा भएको कार्यक्रम कक्षा कोठामा प्रयोग हुने सामग्री बनाउने तरिका,यसको व्यवस्थापन, प्रयोग विधि,स्रोत साधनको संकलन, शैक्षिक सामग्रीको प्रस्तुतिकरण कसरी गर्ने लगाएतका विषयमा ज्ञान सिप सिकाईएको थियो । नगरपालिका सामाजिक विकास समितिका संयोजक सिमादेवि थापाको अध्यक्षता, शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवरको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update