पाल्पा, आज अन्तर्राष्ट्रिय शिक्षा दिवस नेपालसहित विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जनवरी २४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले शान्ति र विकासका लागि शिक्षाको भूमिकाको उत्सव मनाउन जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको रूपमा घोषणा गरेको हो । सोही अनुरुप हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
शिक्षामा रूपान्तरण गर्ने बेला अब आएको छ भन्ने नाराका साथ आज विश्वभरि अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै छ । साथै वर्ष २०२५ मा हिंसा घटाउन र शिक्षा सबैका लागि पहुँचयोग्य बनाउन सुनिश्चित गर्ने उद्देश्य पनि राखिएको छ । सन् २०२० को सेप्टेम्बर मा संयुक्त राष्ट्र रूपान्तरण शिक्षा शिखर सम्मेलनले उद्घोष गरेको विश्वव्यापी गतिको निर्माण गर्दै, यस वर्ष शिक्षाको वरिपरि बलियो राजनीतिक परिचालन कायम राख्न र प्रतिबद्धताहरू र विश्वव्यापी पहलहरूलाई कार्यमा रूपान्तरण गर्ने विश्वका सबै राष्ट्रहरूलाई आवान गर्नेछ । विश्वव्यापी मन्दी, बढ्दो असमानता र जलवायु सड्ढटको पृष्ठभूमिमा सबै दिगो विकास लक्ष्यहरूमा प्रगतिलाई गति दिन शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ भन्ने तथ्यलाई आज थप उजागर गरिन्छ । युनेस्कोले यस वर्षको अन्तर्राष्ट्रिय शिक्षा दिवसमा अफगानिस्तानमा शिक्षाको अधिकारबाट वञ्चित भएका बालिकाहरू र महिलाहरूलाई समर्पित गर्दैछ ।