पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका–५ की ७८ वर्षीया भूम कुमारी आले हत्याको अभियुुक्त साढे दुुई वर्षपछि पक्राउ परेकी छन् । आलेको हत्या गरेको आरोपमा सोही ठाउँकी ५४ वर्षीया नीरा कुमारी लम्तरी पक्राउ परेकी हुन् ।
२०७९ असार ३१ मा रिब्दीकोट गाउँपालिका–५ माराबासस्थित हर्रेखरक सामुदायिक वनमा आले मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले हत्या गरेर फालेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधबुुझ गरे पनि व्यक्ति पत्ता लागेनको थिएन । पत्ता नलागेपछि घटना प्रहरीको फाइलमै थन्किएको थियो । लामो समय थन्किएको हत्या घटनाका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत पाल्पाको अनुमतिमा दुई वर्ष ६ महिना ४ दिन पछि यही माघ ४ गते पक्राउ गर्न सफल भएको हो । प्रहरीले निकै ठूूलो मेहनत गरेर आलेलाई हत्या गर्ने लम्तरीलाई पक्राउ गरेको छ । अभियुक्त लम्तरीलाई उनकै घरबाट पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुुनिल मल्लले जानकारी दिए ।