Shittalpati
रामपुर सहकारीले मनायो १७ औं वार्षिक साधारण सभा

रामपुर (पाल्पा), जिल्लाको रामपुरमा सञ्चालित रामपुर बचत तथा ऋण सहकारी संस्थाले १७ औं वार्षिक साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमकाबिच साधारण सभा गरेको हो । 

सभाको संस्थाका संस्थापक अध्यक्ष तथा लुम्बिनी प्रदेश सभाका अर्थ, उद्योग तथा पर्यटन विकास समिति सभापति राजुप्रसाद श्रेष्ठले गरेका हुन् । सभको उद्घाटन गर्दै सभापति श्रेष्ठले अबको युग प्रविधिको युग भएकाले सहकारीको सेवालाई पनि सोही अनुसार अगाडि बढाउन आवश्यक रहेको बताए ।

हरेक काम प्रविधिको माध्यमबाट हुन थालेकाले अब सहकारीका सेवाहरुलाई पनि प्रविधिसँग जोड्नुुपर्ने उनले धारणा व्यक्त गरे । सभापति श्रेष्ठले भने ‘कागजबाट होइन, घरमै बसेर भुक्तानी गर्ने प्रविधि भित्रिएको छ, त्यसको सही सदुुपयोग गरौं ।’ संस्थाका हरेक काममा सेयर सदस्यले निगरानी गर्ने र सञ्चालक समितिलाई झकझक्याउनुपर्ने अधिकार रहेको समेत उनले बताए । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सानो पुँजिबाट रकम जम्मा गरेर सुरु गरेको सहकारी अहिले नमुना सहकारीको रूपमा स्थापित भएको बताए । नगरपालिकाले युवा स्वरोजगार व्याज अनुदान कार्यक्रममार्फत २ वर्षका लागि ३० लाखसम्म व्याज अनुदान दिइएको भन्दै  नगर प्रमुख थापाले व्याज अनुदानका लागि सहकारीले संस्थागत रूपमा सिफारिस गरेर पठाएमा कार्यक्रममा समावेश गर्ने समेत बताए ।

कार्यक्रममा नेपाली काँग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एमाले जिल्ला कमिटी सदस्य विष्णुप्रसाद रेग्मी, जिल्ला सहकारी संघ पाल्पाका सदस्य ईश्वरीदेवी खनाल, नेकपा एकीकृत समाजवादी पार्टीका रामपुर नगर कमिटी अध्यक्ष फणेश्वर गौतम, राष्ट्रिय जनमोर्चाका रामपुर अध्यक्ष रामप्रसाद गैरे, ,सहिद बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्ले, रामपुर नगरपालिका –५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, रामपुर उद्योग वाणिज्य संघका सचिव विनोद श्रेष्ठ, संस्थाका सल्लाहकार तथा निवर्तमान उपाध्यक्ष नगिलाल पौडेल, बैंक तथा वित्तीय संस्थाको तर्फबाट ग्लोबल आइएमई बैंक रामपुर शाखा प्रबन्धक कृष्णप्रसाद भट्टराई, रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल, अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटा, सेयर सदस्यको तर्फबाट बिन्दु पोखरेल, रामचन्द्र अर्याल लगायतले सहकारीको मर्म र भावना अनुसार सेयर सदस्यको हितमा रहेर काम गर्न सुझाव दिए ।  सहकारीले सोही अवसरमा असल बालवचत कर्ता, नियमित बचतकर्ता, नियमित दैनिक बचतकर्ता, असल ऋणिलाई पुरस्कृत तथा सम्मान समेत गरेको छ । लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक हुमनाथ अर्याल, सचिवको प्रतिवेदन सचिव किर्तिनाथ श्रेष्ठ, कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष बन्दना पोखेलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन बन्दसत्रले पारित गरेको छ । संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षता, उपाध्यक्ष बाबुराम श्रेष्ठको स्वागत,सदस्य हजिल मियाँको धन्यवाद ज्ञापन र संस्थाका सचिव किर्तिनाथ श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update