पाल्पा, तानसेनको मेहल्धारामा रहेको सनातन धर्म सेवा समितिले ३९ औंं वार्षिक साधारणसभा मनाएको छ । समितिले पूजाआज सहित साधारण सभा मनाएको हो ।
हरेक वर्ष मंसिर पूर्णिमाका दिन समितिका गुठी सदस्यहरू भेला भइ इष्ट देवता हनुमानको पूजा सम्पन्न गरेपछि साधारणसभा गर्दै आएको समितिले यस वर्ष समितिका सल्लाहकार प्रा.डा. रामजी प्रसाद पौड्यालको निवासमा भेला भई हनुमान मन्दिर नारायणस्थान परिसरमा पूजासहित साधारसभा गरिएको समितिका सचिव पुुस्करराज रेग्मीले जानकारी दिए ।
सभाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विश्वराज रेग्मीद्वारा प्रस्तुत वार्षिक ६ लाख ३७ हजार २ सय ५ बराबरको आयव्यय सर्वसम्मतबाट पारित गरेको छ । यस्तै सभाले आगामी वर्ष गुठी सदस्य श्रीधर कुमार नेपालको निवासमा जनै पूर्णिमा पूजा र वार्षिक गुठी पुजा गर्ने, धार्मिक तीर्थयात्रा भ्रमणमा जाने निर्णय समेत गरेको छ । उपाध्यक्ष सरस्वती शर्माको अध्यक्षता, सदस्य श्रीधर कुमार नेपालको ,स्वागत र सचिव पुष्करराज रेग्मीको सञ्चालनमा कार्यक्रम भएको थियो ।