पाल्पा, आईतबार तानसेन नगरपालिकाको धुर्वघाटस्थित एक घरमा चहल पहल थियो । कोई बालबालिका टाईसेटमा देखिन्थे, कोही अर्धबैशे खालका महिला पुरुष थिए । कोही आफ्नो तालमा कराउँदै बरबराउँदै थिए । कोही आफ्नै धुन र सुरमा तलमाथी गर्दै थिए । कोही शारिरिक अपाङ्खको कारण कोठामा बसेका देखिन्थे ।
त्यहाँ जम्मा भएका अधिकांश व्यक्तिहरु घरवारविहिन भएका, बाबुआमा नभएका तथा आफन्तबाट टाडिएका मानसिक सुन्तलन गुमाएका, परिवारले स्विकार नगरेका व्यक्तिहरु थिए । विभिन्न पिडा तथा हिंसाबाट अभियान नेपालसँग जोडिएका यी प्रकृतिका सबै व्यक्तिहरुको भने जीवनमा नसोचेको परिवर्तन आएको छ ।
घरपरिवार, आफन्त, विभिन्न संघ संस्थादेखी सरकारको नजरमा नपरेका सहाराविहिन अवस्थामा रहेका बालबालिका र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुलाई अभियान नेपाल पाल्पाले पुर्नजीवन प्रदान गर्दै आएको छ । अभियान नेपालले सिलोम आवासीय बालगृह र नवजीवन मानसिक पुर्नस्थापना केन्द्र सञ्चालन गर्दै आएको छ । संस्थाले २२ बर्षदेखी आवासीय बालगृह र १२ बर्षदेखी मानसिक पुर्नस्थापना केन्द्र सञ्चालन गर्दै आएको छ । अहिले सिलोन बालगृहमा २१ जना बालबालिका रहेका छन् । जसमा १२ जना छात्रा र ९ जना छात्र रहेका छन् । बालगृहमा रहेका ३ जना बाहेक सबै जना विद्यालयदेखी क्याम्पससम्म अध्ययन गर्दै आएका छन् । संस्थाले पारिवारिक विछोड देखी परिवारविहिन अवस्थाका बालवालिकाहरुलाई औषधी उपचार गरी, गाँस, बाँस, कपाससँगै शिक्षा दिक्षा प्रदान गर्दै आएको छ । उसले हालसम्म ९३ जना बालवालिकालाई उद्दार गरी पुर्नजिवन प्रदान गरेको छ ।
संस्थाले अर्काे तर्फ विभिन्न परिवेश, घटनाले मानसिक सुन्तलन गुमाएर लावारिस अवस्थामा सडकमा हिडडुल गर्ने व्यक्तिहरुलाई पनि उपचारसँगै लामो समय हेरचाह, सामाजिक परिवेशमा घुलमिल गराई पुर्नजिवन प्रदान गर्दै आएको छ । संस्थाले हालसम्म ४० भन्दा बढी व्यक्तिहरुलाई पुर्नस्थापन केन्द्रबाट पुर्नजीवन दिएको छ । संस्थाका अध्यक्ष पुननारायण श्रेष्ठले राज्य तथा सरकारले गर्ने काम आफुहरुले गरिरहँदा समेत सरकारी पक्षबाट आवश्यक सहयोग र सहकार्य नभएकाले काम गर्ने जोश र जागर हराउँदै गएको बताए । हामीले २२ बर्षदेखी निरन्तर चन्दा उठाएर, विभिन्न पक्षसँग सहयोग मागेर काम गरेका छांै तर राज्य पक्षबाट सहयोग नहुँदा अभियानमा लागेका साथीहरुको जोश जागर हराउँदै गएको अध्यक्ष श्रेष्ठले बताए । संस्थाले ११ औ साधारणसभा गरी बर्षभरी गरेका काम गतिविधी जानकारी गराएको छ । सिलोम बालगृह र नवजीवन पुनरस्थापना केन्द्रमा गरी बार्षिक ८० लाख रुपैयाँ खर्च रहेकोमा नेपाल सरकारबाट कुनै नगद सहयोग रकम नपाएको गुनासो अध्यक्ष श्रेष्ठले गरे ।
साधारणसभामा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले संस्थाले निकै राम्रो काम गर्दै आएकाले जिल्लाका १० वटै पालिका तथा सरकारी तथा गैर सरकारी संघ संस्थासँग समन्वय गरी सहयोगको अनुरोध गर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले नेपाल सरकारले गर्ने काम संस्थाबाट हुँदै आएकाले जिल्ला प्रशासनबाट हुने सहयोग पूर्णरुपमा हुने प्रतिवद्धता जनाए । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले नगद अनुदान दिने व्यवस्था नरहेकाले संस्थालाई आवश्यक पर्ने, सरसमान, भौतिक पुर्वाधार, आयआर्जनमुखी कार्यक्रमहरु सहयोग गर्न आफु सधै तयार रहेको बताए । तानसेन नगरपालिका –१ वडा अध्यक्ष सुनिल कुमार बस्याल, वडा नंं ६ का वडाअध्यक्ष सागरमान महर्जनले बेसहारा बालबालिका र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुलाई समाजमा पुर्नस्थापना गरेकाले अभियान नेपाललाई आइपर्ने जटिलतामा सहयोग गर्दै आएको बताए ।
कार्यक्रममा पाल्पा इसाइ समाजका जिल्ला अध्यक्ष दुर्गा पाहारीले पुन्य कार्यको लागि सबैपक्षबाट सहयोगको अपेक्ष संस्थाले गरेको बताए । स्थानीय समाजसेवी रामकृष्ण कार्कीले सबै पक्षको सहभागिता र अपनत्वमा संस्थालाई दिगो बनाउन सकिनेमा जोड दिए । कार्यक्रममा सहभागी तानसेन नर्सिङ्ख तेस्रो बर्षमा अध्यनरत प्रेरणा भण्डारीले बालगृह नै नभएको भए मेरो जीवन के हुन्थ्यो खै ? तर आज मलाई जीवनमा सबैभन्दा ठूूलो खुसी मिलेको बताईन् । ५ बर्ष अघि मेरो बुवाको मृत्यु भयो, आमाको शारिरक अवस्था कमजोर थियो, आर्थिक अवस्था दयनिय थियो, बालगृहको संरक्षणको कारण आज कक्षा १० मा पढिरहेको सलिना मल्लले बताईन् । साधारणसभासँगै संस्थाको सामाजिक परीक्षण कार्य गरिएको छ । पाल्पा विकास केन्द्रका संयोजक किरण कौशलले संस्थाको भौतिक अवस्था भन्दा दैनिक खर्चको व्यवस्थापन गर्न समस्या भएकाले अभियान नेपालको यो पुन्यकार्यमा सबैको साथ सहयोगको आवश्यकता रहेको बताए ।
बालगृह र पुर्नस्थापना केन्द्रमा रहेका व्यक्तिहरुको मिसन अस्पतालबाट मासिक रुपमा मेडिकल चेकजाँच हुँदै आएको छ । लावारिस अवस्थामा मानसिक सन्तुलन गुमाईसकेका व्यक्तिहरुलाई पुर्नस्थापना केन्द्रमा लामो समयको उपचार तथा परामर्शपछी अधिकाश व्यक्तिहरुको घरवार तथा परिवार, आफन्तहरु पत्ता लागेपनि परिवारले स्विकार नगर्दा कठिनाई भएको अध्यक्ष श्रेष्ठले बताए । पुर्नस्थापना केन्द्रबाट हाल सम्म ३९ जनालाई उद्धार गरेकोमा ३ जना भारतीय नागरिक, २ जना नेपाली नागरिकहरुलाई परिवारको जिम्मा लगाइएको, २ जना भारतीयलाई वुटवल मानव सेवा आश्रममा पठाएको, ३ जना पुर्नस्थापना केन्द्र बाटै आफै भागेर वेपत्ताा भएको, ३ जनाको मृत्यु भएको अध्यक्ष श्रेष्ठले बताए । साधारणसभा संस्थाका अध्यक्ष पुननारायण श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष डिलबहादुर ढुङ्गानाको स्वागत र संस्थाका सचिव राजेन्द्र नेपालीको सञ्चालनमा भएको थियो ।