प्राकृतिक सुन्दरता र जैविक विविधताले भरिपूर्ण भूमि हो नेपाल । यो भूमि सुन्दर मात्र होइन सुन फल्ने माटो भएको ठाउँ पनि हो । पौरखी, मेहनती र अनुशासित लाखोँ युवा जनशक्ति छन् । विज्ञानको विकास र विश्वव्यापीकरणको प्रभावसँगै नयाँ प्रविधि पनि भित्रिरहेको छ । यत्तिका वैभवकाबिच हामीले भेटेका छौं, देखेका छौं गाउँ वस्तीका बहुसख्यक मानिस खुसी छैनन्, देश छोडेर विदेश पलायन हुने युवाको लर्को लामो छ । सारंमा अमूल्य पूँजी जनशक्ति र प्रकृतिको धनी नेपालले समृद्धिको यात्रामा गति लिन नसकेको अनुभूति आमनागरिकको छ । यस्तो अवस्था सिर्जना हुनुमा प्रकृतिको वरदान सुन फल्ने माटोलाई समयमै चिन्न, पौरख गर्न, पौरखी युवाहरुको महत्वलाई बुझने र पूर्णरुपमा परिचालन गर्ने सोंच, ईच्छाशक्तिको दोष हो भन्नु अत्युक्ति नहोला ।
आम नेपाली युवा जनशक्तिमा उत्साह, सिर्जनशीलता, आत्मविश्वासमा कमी छैन् उद्यमशीलताको विकासका लागि । यो जनशक्ति आप्mनो पसिना स्वदेशकै माटोमा सिञ्चित गरेर व्यवसाय, उद्यमलाई प्रवद्र्धन गर्ने चाहना, हुटहुटी लिएर दौडिरहेको छ । यस्तो परिस्थितिको लाभ उठाउँदै राज्यले पौरखी युवा जनशक्तिको केही अशं मात्र भएपनि कृषिको व्यवसायिकिकरणमा जोड्ने वातावरण तयार गर्नुपर्ने आवश्यकता छ । यदि राज्यले उर्जाशील युवाहरुको विश्वास जितेर परम्परागत, निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिकीकरण र व्यवसायिक रुपान्तरणको दिशामा लैजान सकेको खण्डमा कम्तिमा कृषिजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बन्ने र कृषि उपजको निर्यात वृद्धि गरी व्यापार घाटामा केही नियन्त्रण ल्याउन सकिने सम्भावना रहन्छ । अहिले लाखौं बेरोजगार युवाहरु आप्mना बाबुआमा, श्रीमती, छोराछोरीको पालनपोषण, शिक्षादिक्षा, स्वास्थ्य उपचार जस्ता आधारभूत जिम्मेवारी कसरी पूरा गरेर दैनिक गुजारा गर्ने तथा आफ्ना भविष्य के हुने भन्ने चिन्ताले पिरोलिएका छन् । त्यसैले कतिपय युवाहरु स्वस्पूmर्त तर दीर्धकालिन योजना र तयारी बिना नै कृषि कर्ममा जुट्न थालेका छन् । गाउँ–गाउँमा बाँझा जमिन खनखोरस गर्नेदेखि कृषि, पशुपालन सम्बन्धी विविध व्यवसाय, लघु उद्यम आदि कार्य अघि बढाउँदैछन् । तिनीहरुले नगदे वालीका रुपमा चिनिने सुन्तला जातका (कागती, सुन्तला आदि ) विरुवा ठूलो परिमाणमा लगाईरहेका छन् । यसरी जीवनस्तर उठाउने विश्वासको खेती गाउँमा व्यापक रुपमा भईरहेको छ । आजभोली गाउँ वस्तीमा देखिने सुन्तला व्यवसायको कारोवारले ल्याएको आर्थिक क्रियाकलापबाट गाउँका मानिसको जीवनमा आशाको दियो बलेको छ ।
मंसिर महिनाको चढ्दो चिसो मौसमको यो समयमा सूर्यको पारिलो तापको आनन्द लिदै रसिला सुन्तलाको स्वाद लिनुको मज्जा वर्णन गर्न शव्दमा पर्याप्त हुनै सक्दैन । सुन्तलाको व्यवसायिक सफलतासँगै किसानको मुहारमा देखा परेको मुस्कान झनै आनन्ददायक छ । सुन्तलाको कारोवारले गाउँमा व्यापारिक चहलपहल सहित आर्थिक क्रियाकलाप बढाएको छ । सुन्तलाको व्यापारिक रौनकले ग्रामीण क्षेत्रमा रैथाने जातको फलफुल वा वालीको संरक्षण र प्रर्वद्धनसँगै व्यवसायिकिकरण गर्न सकेमा गाउँमै कमाउने र गाउँमै रमाउने वातावरण बन्न सक्ने विश्वास जागेको छ । वास्तवमै यस्तो वातावरण बनाउन सकियो भने गाउँलाई रित्तो हुनबाट जोगाउने सञ्जीवनीबुटी बन्न सक्ने छ कृषिको व्यवसायिकिकरण । पाँच दशक अघिसम्म सीमित कृषकहरुले घर नजिक पाँच, सात वटा सुन्तलाका विरुवा शोखका रुपमा लगाउने, सिजनको फलका रुपमा घरपरिवारले उपभोग गर्ने र ईष्टमित्रलाई कोशेलीपात बाँड्ने हामी नेपालीहरुको परम्परा थियो । फाटफुट किसानले बचेखुचेको थोरै मात्र गाउँका मेला, पर्व तथा व्यापारीलाई विक्रि गरेर नुन तेलको जोहो गर्ने चलन थियो । त्यसैले होला विगतका ती दिनमा किसानहरुले सुन्तलाको व्यवसायिक खेती गर्नेतर्फ खासै चासो राखेको देखिएको थिएन । तर पछिल्ला दिनमा सुन्तला खेतीको लहर नै छ र राज्यले पनि सुन्तलाको व्यवसायिक खेतीलाई प्रवद्र्धन गर्न विविध योजना तथा कार्यक्रम लागू गरी कार्यान्वयन गर्नुका साथै सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिएर किसानलाई प्रोत्साहित र उत्प्रेरित गरेको छ ।
विगतलाई सम्झना गर्दा सुन्तला खेतीप्रति खास आकर्षण देखिदैन्थ्यो, कुनै आँटिला किसानले सुन्तला खेती गर्न खोज्दा हाँस्य पात्र बन्नु पर्ने अवस्था थियो गाउँघरमा । तर समयले कोल्टो फेरेको छ, आज किसानले सुन्तला खेती गरेर मनग्य आम्दानी गरी सम्मानित जीवन जिउन सक्छ भन्ने उदाहरण हाम्रा सामु छन् । यातायात सुविधाले जोडेको बजारसँगको सहज पहुँच, कृषकको जाँगर, उपभोक्ता माझ सुन्तलाको बढ्दो माग, सुन्तला प्रशोधन, प्रविधिको विकास आदि कारणले सुन्तलाको व्यवसायिक खेतीको वातावरण अनुकूल हुँदै गएको छ । सुन्तला खेतीमा लागेका किसानले ठूला–ठूला बगैचा स्थापना गरी आपूm स्वरोजगार बन्नुका साथै कैयौ मानिसहरुलाई रोजगारी दिन सफल भएका छन् । सुन्तला खेतीमा संलग्न किसानहरुले उद्यमी, व्यवसायिका रुपमा समाजमा प्रतिष्ठा आर्जन गरेका छन् । यो अत्यन्त प्रशंसनिय र अनुकरणीय कार्य हो । अब राज्यले यस्ता गौरवका किसानहरुको सम्मान गरी राष्ट्रियस्तर मै कदर गर्ने ट्रेण्डलाई बढाउन ढिला गर्नु हुदैँन । अहिलेसम्मको माग, उत्पादन, बजार अवस्था र अनौपचारिक रुपमा भएपनि छिमेकी मुलुकमा निर्यातको स्थिति आदि पक्षलाई मनन् गर्दा सुन्तला खेती परम्परागत खेती प्रणालीबाट व्यवसायिकता खेतीका रुपमा फ्ड्को मार्न थालेको अवस्थामा छ । आगामी दिनमा सुन्तला खेतीलाई पर्या–पर्यटनसँग जोड्न र प्रशोधन गरी विविध पदार्थ तयार गर्ने उद्यम बिकासलाई प्राथमिकतामा राखेर सुन्तलाको व्यवसायिकिकरण गर्नु आवश्यक छ । सुन्तलाको व्यवसायिक खेतीमा सफलता प्राप्त भएमा मात्र पनि हजारौ जनशक्तिलाई स्वरोजगार, रोजगारीका अवसरको सिर्जना गाउँ गाउँमै गर्न र आय आर्जन वृद्धि गर्न सकिने छ । तथापी यतिखेर व्यवसाय गर्न चाहने कृषकका अघि पूँजी, श्रम, बजार, प्राविधिक पक्ष लगायतका चुनौतिका पहाड विद्यमान छन् । कृषकले व्यवसायिक ढंगवाट खेती गर्ने चाहना राखेपनि सहज रुपमा पूँजी जुटाउन असमर्थ रहनु, पर्याप्त कृषि प्राविधिक गाउँमा उपलव्ध नभएकोले व्यवसाय सञ्चालनको तयारी समेतमा सल्लाह, सहयोग लिन नसक्नु, पहाडका प्रायः क्षेत्रमा सिंचाई सुविधा नहुनु, कृषि मजुदर पाउन कठीन हुनु, समयमै उन्नत विरुवा, मल प्राप्त नहुनु, शित भण्डार अभाव रहेकोले परल मूल्य नपाए पनि विक्री गर्नुपर्ने बाध्यता रहनु, बजार र व्यापारीसँग पहुँच हुन नसकी विचौलियाले बढी लाभ उठाउने प्रवृति मौलाउनु, सरकारी निकायबाट उपलब्ध हुने अनुदान आदिमा निमुखा कृषकहरुको पँहुच नहुनु, तर ठाटाबाठा शक्तिकेन्द्रका निकटका मानिसहरुले लाभ उठाउने प्रवृति हावी रहनु जस्ता समस्या सुन्तलाको व्यवसायिक खेती विकासको मार्गमा व्यवधानका रुपमा रहेका छन् । त्यसकारण सुन्तला खेतीयोग्य जमिनको तथ्यांक संकलन गरी व्यवसायिक ढंगवाट खेती गर्ने दीर्धकालिन सोंच सहितका योजना तर्जमा गरी उन्नत जातका बिरुवाको बन्दोवस्ती, जैविक, प्राङगारिक मलको व्यवस्था, धेरै किसानलाई व्यवसायमा सहभागी गराउन कृषक समूह, फर्म, सहकारीलाई परिचालन, उत्पादनमा आधारित अनुदान र सहुलियतपूर्ण ऋण सुविधा, कृषकका घर–वारीमै कृषि प्राविधिकको पर्याप्तता , हरेक गाउँपालिकामा कम्तिमा एउटा शीतभण्डार, हाट बजारको व्यवस्था, बजार सुनिश्चितता, प्रविधिको प्रयोग, व्राण्डिङ, आदि कार्य गरेर सुन्तला खेतीलाई व्यवसायिक बनाउन मार्ग प्रशस्त गर्न सकिन्छ । व्यवसायिक सुन्तला खेतीले गाउँका बाँझा जमिनलाई सुनखानीमा रुपान्तरण गरेर नागरिकहरुको जीवनस्तर उकास्ने तथा समृद्धिका लागि आधारशीला तयार गर्न टेवा पुर्याउने छ । तसर्थ तीनै तहका सरकारले आफ्नो नीति तथा कार्यक्रमको प्राथमिकतामा सुन्तलाको व्यवसायिक खेती प्रणालीलाई राख्दै समन्वयात्मक ढंगबाट कार्य गर्नुपर्ने देखिएको छ । अन्त्यमा, रैनादेवी छहरा र रिव्दीकोट गाउँपालिकाले संयुक्त रुपमा रैनादेवी छहरा गा.पा.५ मुझङ्ग, कटौजेपानी खेलमैदानमा आयोजना गर्न गईरहेको दोस्रो सुन्तला महोत्सव सुन्तला खेतीमा जोडिनु भएका कृषकहरुका निम्ति आफ्नो उत्पादन प्रदर्शन गर्ने, बजारमा पहुँच स्थापित गर्ने, प्रविधिसँग जोडिने, खेती,यवसायमा देखापरेका समस्याका बारेमा विज्ञ, प्राविधिकसँग अन्तक्र्रिया गर्ने सुनौलो अवसरका रुपमा सदुपयोग गर्न शभेच्छा प्रकट गर्दै सुन्तला खेतीको व्यवसायिकिकरणका लागि महोत्सव कोशेढुँगा सावित होस् सम्पूर्ण किसानहरुलाई शुभकामना ! जय किसान ! (लेखक राष्ट्रिय अनुसन्धान विभागका पूर्व डिआइजी समेत हुन् ।)