Shittalpati
बिपी कोइराला मेमोरियल कप भैरहवामा हुने

रुपन्देही, बिपी कोइराला मेमोरियल कप, टी(२० क्रिकेट प्रतियोगिता २०२४ को भैरहवामा आयोजना हुने भएको छ । दक्षिण एसियाली चार वटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका बंगलादेश र नेपालसहित पाँच देशका प्रथम श्रेणीका खेलाडीको सहभागितामा प्रतियोगिता आयोजना हुन लागको हो । 

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा नेपाली क्रिकेट विकासमा टेवा पुर्‍याउने र खेल पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ कात्तिक ३ देखि १० गतेसम्म प्रतियोगिता आयोजना हुने जनाइएको छ ।

एकेडेमीका अध्यक्ष भरतकुमार शाहीले प्रतियोगितामा पाकिस्तानी क्लबबाट पाकिस्तान राष्ट्रिय टिमबाट खेलिसकेका इम्रान नाजिर, बंगलादेशको टिमबाट बंगलादेशी स्टारहरू आलोक कपाली र मुनिम साहरियर, भारतबाट आइपिएल खेलाडी दीपक पुनियासहित सबै टिममा प्रथम श्रेणीका खेलाडीको सहभागिता रहने बताए ।

प्रतियोगितामा बांगलादेशबाट गुलाज वरियर्स बांगलादेश, टाइगर्स इन्टरनेशनल स्पोर्ट्स पाकिस्तान, नेक्सस रुपन्देही ११, लाइफ केयर क्रिकेट क्लब भारत, श्रीलंका स्टेट सर्विसेज क्रिकेट एशोसिएसनको टिम सहभागी रहनेछ । 

विजयी टिमलाई रु। पाँच लाख र उपविजेतालाई रु। तीन लाख पुरस्कार प्रदान गरिने अध्यक्ष शाहीले जानकारी दिए । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु। ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाई जनही रु। २० हजार तथा प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई रु। पाँच हजार प्रदान गरिनेछ । 

नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा आयोजित यो प्रतियोगिताले रुपन्देही मात्र नभई नेपालकै क्रिकेटको विकासमा महत्त्वपूर्ण भूमिका निभाउने आयोजकको अपेक्षा रहेको छ । 

प्रतियोगितालाई नेपाल क्रिकेट संघले आधिकारिकता प्रदान गरेको छ भने प्राविधिक सहयोग रुपन्देही क्रिकेट संघले गरेको छ । भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा हुने प्रतियोगितामा प्रत्येक टिमले एक अर्कासँग खेल्ने र अन्तिम चारमा पुगेका बीच सेमिफाइनल हुने लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न करिब रु। एक करोड २० लाख खर्च हुने आकलन गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update