त्याग
बिमला पाण्डे
खै के वित्यो, वित्दै थियो, वित्ने थियो ।
रित्तो गोजिमा पनि बालापन खुशीले जित्ने थियो ।
नसोध के गुमायौँ
सुनौलो बालापन गुमाए ।
गाउँ गुमाए विरानो सहरमा छु,
आफ्नो भन्नी कोही छैन लाग्छ एक्लो नहरमा छु ॥
देश गुमाए परदेशमा छु ।
सिरानी राखेर रूने काख गुमाए एक्लै रूदै छु,
हजारौंँको भिडले धेरिएको म खै किन एक्लो हुँदै छु ॥
अगन्य छन् पीडाहरू
लाग्छ छातीमा कुनै ढुङ्गाले थिची रहेछ,
तनावको बोझ आशुले मिचि रहेछ,
समयले यसरी कोल्टे फेरेयो कि
म आफ्नो गन्तव्य नै विर्सिए ॥
अब टुङ्गिन्छ विस्तारै जीवन,
अनि म आफै पनि यतै कतै हराउने छु,
आफू हराएको खुशी मा म आफैँ रमाउने छु ॥
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्