
रमेश विश्वकर्मा
गुल्मी,माघ ४/ नेपाल विद्यार्थी संघ गुल्मीको बैंठक बसेको छ । आसन्न निर्वाचनका विषयमा छलफल गर्ने उद्देश्यले शनिबार तम्घासमा नेविसंघको बैंठक बसेको हो । बैठ्कमा आगामी फागुन १४ गते हुन लागेको स्ववियूको चुनावको बारेमा छलफल भएको संघका कार्यवाहक सभापति रामजी पन्थी जानकारी दिए । उनले स्ववियुको निर्वाचनमा नेपाल विद्यार्थी संघलाई जिताउनका लागि पालिका स्तरीय प्रतिनिधि तोकिएको बताए । प्रतिनिधिको रुपमा रेसुङ्गा नगरपालिकामा संघका उप–सभापति तोमलाल पन्थी, चन्द्रकोट गाउँपालिकामा सचिव सिजन राना, रुरु गाउँपालिकामा जिल्ला सदस्य दिपक कुँवर, सन्तोष भण्डारी र बाबुराम कँडेललाई खटाईएको नेविसंघले जनाएको छ । त्यस्तै धुर्काेटमा संघका उप–सभापति कमल पोख्रेल र मुसिकोट नगरपालिकामा सह–सचिव विष्णु आर्चाय चकितलाई प्रतिनिधिको रुपमा खटाईएको छ । गुल्मीमा कसरी संघलाई अझ बढी शसक्त र क्रियाशिल बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल भएको संघले जनाएको छ ।