मेरो प्यारो भाई 
                        
                        
                                                
                                            
                                                                    
 बिमला पाण्डे
तिमी यसरी बुझ्छौ, त्यसरी बुझ्छौ बुझेकै छौ मलाई, 
दुःख तिमी बाहेक अरु बुझाउँ म कसलाई, 
 तिमी आफ्नो लागि आफैँ जाग्नु, 
 हरेस नखाई नडराईकन सफलताको बाटोमा लाग्नु 
 अनुहारको मुस्कानमा ओझेल पर्न नदिनु है, 
कसैले बोलेका शब्दको इख मनमा नलिनु है, 
 मैले गर्न नसकेको तिमीले गरेर देखाउनु,
 गरेर संघर्ष लक्ष्यलाई गन्तव्यमा टेकाउनु,
 जिम्मेवारी उठाएकै छौँ आफ्ना कैयौं सपना जलाई, 
सकेको गर्नेछु कठिनाईमा सम्झिनु है मलाई ॥
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                        
                                        
                                        
                                        
                    
                    
                    