Shittalpati
ईभेन्ट परियोजना—दोस्रो तालिमका लागि अभिमूखीकरण

पाल्पा । ईभेन्ट परियोजना—दोसो अन्तर्गत सीपमूलक तालिम सञ्चालका लागि तानसेनमा अभिमूखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
पाल्पा सहित स्याङ्जा, रुपन्देही लगायतका जिल्लामा छोटो अवधिको सीपमूलक तालिम सञ्चालन गर्दै आएको कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टर प्रालिले प्रशिक्षक तथा कर्मचारीहरुका लागि एक दिने अभिमूखीकरण तालिम सञ्चालन गरेको हो । तालिमको पाल्पा उद्योग वााणिज्य संघका महासचिव शैलेन्द्र भट्टराईले रोजगार मुलक तालिमले सर्वसाधारणको आर्थिकस्तर उकास्नमा सहयोग पुग्ने बताए । उनले भने ‘सीप नपाएर बेरोजगार बस्न बाध्य युवा तथा युवतीका लागि तालिम निक्कै प्रभावकारी हुनेछ ।’ कार्यक्रममा कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टरका सञ्चालक टंकप्रसाद भट्टराईले सीपका लागि प्रशिक्षण महत्वपूर्ण रहेको बताए । तीन महिनाको अवधिमा प्रशिक्षकले खेल्नुपर्ने भूमिका विषयमा सञ्चालक भट्टराईले प्रकाश पारे ।

कार्यक्रममा सेन्टरका तालिम संयोजक राजकुमार खड्काले प्रशिक्षकको जिम्मेवारी, तालिम प्रदान गर्ने शैली, समय व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षक संयोजक सुरेस न्यौपानेले प्रशिक्षणकला, तालिममा आवश्यक पर्ने सामग्रीको व्यवस्थापन, डकुमेन्टेसन लगायतका विषयमा जानकारी गराए । संस्थाले नेपाल सरकार शिक्षा मन्त्रालय, ईमेन्ट परियोजना दोस्रोको आर्थिक सहयोगमा सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ । तालिममा ४० जना प्रशिक्षकहरुको सहभागिता रहेको थियो । सेन्टरमा यसवर्ष पलम्विङ, कुक, मन्टेश्वरी, ईलक्ट्रिसीयन, टेलरिङ लगायतका विषयमा तालिम सञ्चालन हुने संस्थाका निर्देशक कमलप्रसाद भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update