Shittalpati
गुल्मीको मालिकामा विजुली सट भई बंगालोमा आगलागी

गुल्मी, गुल्मीमा बंगालोमा आगलागी हुँदा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला मालिका गाउँपालिका वडा नम्बर– ६ फुलबारीका रामप्रसाद भण्डारीको बङ्गालोमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गए राती २ः४० बजेको समयमा भण्डारीको ढुङगाले छाएको दुईतले कच्चि बङ्गालोमा बिजुली सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिए । 

प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार राती ३ः१० बजेको समयमा प्रहरी चौकि मरभुंगमा फोन मार्फत आगलागी भएको जानकारी प्राप्त हुनासाथ प्र.स.नि. दिपक शाहको कमाण्डमा प्रहरी टोली खटिएको हो । 

आगलागीबाट एउटा माउ भैंसी जलेर घाइते भएको छ । बङ्गालो पुर्ण रुपमा जली क्षति भएको डिएसपी पाण्डेले जानकारी दिए । 
बिहान ५ः२० बजेको समयमा प्रहरी र स्थानीयबासीको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा लिइएको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update