 
                                                                    पाल्पा, जिल्लामा क्रियाशील सामाजिक संस्था लायन्स क्लव अफ पाल्पाले रक्तदान कार्यक्रम गरेको छ । बिरामीका लागि रगतको अभाव हुन नदिन क्लवले वार्षिक कार्यक्रम अन्तर्गत बुधबार रक्तदान कार्यक्रम गरेको हो ।
युनाईटेड मिसन अस्पताल पाल्पाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको क्लवकी अध्यक्ष कमला शर्माले जानकारी दिईन । उनका अनुसार ११ जनाले रक्तदान गरेका छन् । क्लवका पुर्व अध्यक्ष सुशील प्रधानले ५४ औ पटक रक्तदान गरे । क्लवले स्थापनाकालदेखि नै हरेक वर्ष आयोजना गदै आएको रक्तदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको हो । जिल्लामा कुनै बेला पनि रगत अभावमा आम नागरिकले मृत्युवरण गर्न नपरोस् भन्ने हेतुले हरेक वर्ष विभिन्न स्वास्थ्य संस्थाहरुको प्राविधिक सहयोगमा रक्तदान गर्दै आएको क्लवकी एलसीआइएफ संयोजक रमा पन्तले बताईन् । उनले भनिन्‘मानविय जीवनमा रगतको महत्वपूर्ण भूमिका रहेको छ, जुनसुकै बेला मानिसमा रगत अभाव हुन सक्छ, त्यसका लागि समयमै त्यसको व्यवस्था मिलाउने कार्यमा हामी स्वास्थ्य संस्थाहरुलाई सहयोग गर्दै आएको छौं ।’

संकलन गरिएको रगत युनाइटेड मिसन अस्पताल पठाइएको छ । कार्यक्रममा क्लवका पूर्व अध्यक्षहरु सुशिल प्रधान, विष्णुप्रसाद श्रेष्ठ, मधुदयाल शैजु, शशी श्रेष्ठ, मोहन श्रेष्ठ, सुरेस पौड्याल, सिता बस्नेत, कार्यक्रम संयोजक किशोर बज्राचार्य, अजयबहादुर श्रेष्ठ , युनाईटेड मिसन अस्पतालका सिनियर ल्याव टेक्निसियन दानबहादुर नेपाली लगायतको उपस्थिती रहेको थियो ।
 


 
                                         
                                        -1759997616.jpeg) 
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    