Shittalpati
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
pancha kanya steel

पाल्पा, आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । देशभर युवासँग सम्बन्धित विभिन्न गैरसरकारी संघसंस्थाले कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा भने युवासँग काम गर्ने संघसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update