Shittalpati
तिनाउ खोलामा डुबेर गुल्मीका एक किशोरको मृत्यु

पाल्पा, तिनाउ खोलामा डुबेर गुल्मीका एक किशोरको मृत्युु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबास्थित तिनाउ खोलाको ड्यामसाइडममा पौडी खेल्ने क्रममा शनिबार गुल्मी सत्यवती गाउँपालिका–७, का १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको हो ।

तिलोत्तमा नगरपालिका–३, ड्राइभर टोलमा भाडामा बस्दै आएका परियार खोलामा पौडी खेल्ने क्रममा अचनाक बेपत्ता भएका थिए । बेपत्ता उनको प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा डुवेको ठाउँमै अचेत अवस्थामा फेला पारेको थियो । अचेत अवस्थामा फेला पारिएको उनलाई उपचारका लागि प्रादेशीक अस्पताल बुटवल पठाइएकोमा उपचारका क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update