Shittalpati
लुम्बिनी प्रदेशको बजेट : ४० अर्ब ४७ करोड ९७ लाख, हेर्नुहोस् (पूर्णपाठ)

पाल्पा,कृषि, र रोजगारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ४० अर्ब बढीको बजेट ल्याएको छ । शुक्रबार प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आगामी ४० अर्ब ४७ करोड ९७ लाख  बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेका हुन् । 

प्रदेश सरकारले पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख, चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख बजेट विनियोजन गरेको छ । विनियोजन बजेट मध्ये १ करोड बजेट प्रदेश संचित कोषबाट खर्च हुने छ । सार्वजनिक गरेको बजेट चालु आवको भन्दा २ अर्बले घटेको छ । 

पूर्णपाठ

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update