पाल्पा, मखनटोल टोल विकास संस्थाले तानसेन नगरपालिका –४ का बालबालिकाहरुलाई एक दिने बालविकास तालिम प्रदान गरेको छ । बालवालिकाहरुको चौतर्फी विकास तथा हकहितमा केन्द्रित गरेर तालिम सञ्चालन गरिएको मखनटोल टोल विकास संस्थाले जनाएको छ ।
वडाका बालबालिका लक्षित कार्यक्रम अन्र्तगत सञ्चालन भएको बालविकास तालिममा जिल्ला प्रशासन कार्यालय पाल्पाका नायव सुब्वा मनोज आचार्य, सिविआर पाल्पाका कार्यक्रम संयोजक कृष्ण गहतराजले सहजिकरण गरेका थिए । वडा–वडामा बालक्लवको भूूमिका, टोल–टोलमा बालबालिकाले खेल्नुपर्ने दायित्व, नगरपालिका तथा वडामा बालक्लवले खेल्नुपर्ने भूूमिका बालबालिकाको नेतृत्व तथा क्षमता विकासको बारेमा प्रशिक्षक आचार्य र गहतराजले सहजीकरण गरेका थिए । कार्यक्रममा ४ का वडा अध्यक्ष हेमन्तराज शाक्यले बालबालिकाको चौतर्फी विकास गर्न, उनीहरुको क्षमता बढाउन, बालबालिकाको हक अधिकारको साथै बालक्लवले गर्ने कामलाई लक्षित गरेर लक्षित बर्गको कार्यक्रम अन्र्तगत तालिम सञ्चालन गरिएको बताए । आगामी दिनमा पनि बालबालिकाको हकहितको लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने वडा अध्यक्ष शाक्यले बताए ।
कार्यक्रममा प्रशिक्षक मनोज आचार्यले तानसेन नगरपालिकाका मखनटोल टोल विकास संस्थाले जिल्लामा उदाहरणीय काम गर्दै आएको बताए । बालबालिकालाई हरेक किसिमका कुराहरु सानै उमेर देखी नै सिकाउनु पर्ने बाटो देखाउनु पर्ने भएकाले यस्ता कार्यक्रम प्रभावकारी हुने प्रशिक्षक आचार्यले बताए । तालिममा सहभागी बालबालिकाहरुलाई प्रमाणपत्र र खेलकुद सामग्रीहरु वितरण गरिएको थियो । कार्यक्रमा सहभागी अञ्जु कुमालले तालिमले क्षमता विकासमा राम्रो सहयोग पुगेको बताईन । संस्थाकी अध्यक्ष प्रमिला कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पूूर्व अध्यक्ष रोजिता श्रेष्ठको स्वागत र सचिव ज्ञानु कार्कीको सञ्चालनमा भएको थियो ।