Shittalpati
महाचैत्य विहार तानसेनद्वारा हाजिरी जवाफ

पाल्पा, ज्ञानमाला सभा महाचैत्य विहार तानसेनले सामुदायिक तथा निजी विद्यालयस्तरी हाजिरी जवाफ प्रतियोगिता गरेको छ । विहारले बुुद्ध जयन्तीको पूर्व सन्ध्या तथा २६४७ औं जन्म दिवस, २६१२ बुुद्धज्ञान दिवस, २५६७ महा परिनिर्वाणको उपलक्ष्यमा तानसेनमा विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा ६ सामुदायिक र १० निजी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

जसमा सामुदायिकतर्फ महेन्द्रबोधी प्रथम, देववाणी मावि दोस्रो र सेन माविका विद्यार्थी तेस्रो भएका छन् । निजीतर्फ पाल्पा भूपू सैनिक इंग्लिस बोर्डिङ्ग स्कूल प्रथम, पाल्पा आवसीय इग्लिस बोर्डिङ्ग दोस्रो र न्यूू होराइजन बोर्डिङ्ग स्कूल तेस्रो भएका छन् । प्रतियोगितामा निजी र सामुदायिक विद्यालयका पहिलो र दोस्रो हुने विद्यार्थीहरुबिच पनि प्रतिस्पर्धा गराइएको थियो । जसमा देववाणी स्कूल प्रथम भएको छ । प्रतियोगीहरुलाई एक औपचारिक कार्यक्रमका बिच पुरस्कृत गरिएको छ । स्वर्गीय नन्दलाल शाक्यको स्मृतिमा निर्माण गरिएको अक्षयकोष मार्फत विजयी प्रतियोगीहरुलाई पुुरस्कृत गरिएको कार्यक्रमका सह–संयोजक बेसान्तर शाक्यले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि धम्मानुु शासक भिक्षुु महेन्द्र, विहारका अध्यक्ष मनिन्द्र प्रसाद बज्रचार्य, बुद्ध जयन्ती मूूल समारोहका अध्यक्ष विरेन्द्रकाजी शाक्यले विजयी विद्यार्थीहरुलाई हार्दिक बधाई तथा थप सफलताको शुुभकामना व्यक्त गरेका थिए । कार्यक्रम विहारका अध्यक्ष मनिन्द्र प्रसाद बज्रचार्यको अध्यक्षता, सचिव रिलनमान महर्जनको सञ्चालन र संजिल शाक्यको संयोजकत्वमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update