Shittalpati
कार्कीले गरे जिर्ण मन्दिरको पूनर्निर्माण

पाल्पा, पाल्पाको रिब्दीकोट गाउँपालिका– ८ फेकका सामाजिक व्यक्तित्व हरिबहादुर कार्कीले जिर्ण मन्दिरको पुनर्निर्माण गरेका छन् । हाल बुटवललाई कर्म थलो बनाउँदै आएका कार्कीले व्यक्तिगत खर्चमा गाउँमै चण्डीस्थान मन्दिर पुनर्निर्माण गरेका हुन् ।

उनले मन्दिर निर्माण गरी अहिले गाउँमै हस्तान्तरण गरेका छन् । लामो इतिहास बोकेको फेकमा रहेको चण्डीस्थान मन्दिर जिर्ण रुपमा रहेको हुँदा लाखौ रुपैयाँ खर्चेर मन्दिरको पुनर्निमार्ण गरेको कार्कीले बताए । उनले धार्मिक तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्नु सबैको दायित्व रहेको भन्दै आफुले त्यो दायित्व बोध गरेको बताए । कार्कीले भने ‘धार्मिक तथा समाजिक संरचना निमार्णमा स्थानीयको सक्रियता र सहभागिता प्रशंसनिय रहेको छ, आगामी दिनमा यस मन्दिरको संरक्षणमा सबैले चासो देखाउनुपर्छ ।’ मन्दिर निमार्ण गरेर स्थानीयहरुले पुरानो इतिहास संरक्षणमा चासो देखाएको भन्दै कार्कीलाई सम्मान पत्रले सम्मान समेत गरेका छन् । यस मन्दिरमा मगरजातीका कुमार केटा पुजारी बस्ने र वैशाख शुक्लपक्षको द्वादशी तिथिको अवसरमा संगुर लगाएत अन्य पशुहरुको बोली दिने चलन रहेको छ । यो मन्दिरको लामो इतिहास रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर दलार्मीले बताए । फेकमा रहेको चण्डीस्थान मन्दिरमा बर्षमा एक चोटी पुजा आज गरिने उक्त मन्दिरमा खडेरीको समयमा बाजगाज सहित पुजाआजा गरेमा समयमा पानी पर्ने स्थानीय महोन कुवँरको भनाई छ । आफ्नै लगानीमा मन्दिर निर्माण गरेको भन्दै कार्की र उनको आमा थानिश्वरा कार्कीलाई समेत दोसल्लाले सम्मान गरिएको थियो ।   –भुवन रायमाझीबाट

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update