पाल्पा, प्रतिनिधि सभाका सांसद तथा नेपाली काँग्रेसका सह–महामन्त्री जीवन परियारले नेपाली समाजमा जातिय विभेद कायमै रहेको बताएका छन् । बुधबार परियार समाज पाल्पा गुठीकोे स्वर्ण महोत्सवलाई तानसेनमा सम्बोधन गर्दै उनले एक्काइसौँ शताब्दीमा आइपुुग्दा पनि जातिय विभेद कायमै रहेको बताएका हुन् ।
प्रमुख अतिथि समेत रहेका परियारले परियार समुुदायका व्यक्तिहरु देशको उच्च ओहोदामा पुुगे पनि समाजमा जातिय विभेदको अन्त्य नभएको बताए । ‘जातीय विभेद कानुनतः वर्जित छ । सरकार सञ्चालकदेखि राजनीतिक दलका नेता–कार्यकर्ता, कानुन व्यवसायी, बुद्धिजीवीलगायतले हरेक मञ्चमा दाबी गरिरहन्छन् नेपाली समाजमा जातीय विभेद छैन, हटिसक्यो । तर, वास्तविकतामा यो सत्य होइन । जातीय विभेद नेपाली समाजमा यति धेरै जकडिएको छ कि यसबाट नेपाली समाजलाई मुक्त गर्न ठूलै सांस्कृतिक रूपान्तरणकारी अभियानको आवश्यकता देखिएको छ’ उनले भने । सांसद परियारले जातिय विभेदको अन्त्य गर्न अब परियार समुदायका व्यक्तिहरु एक हुुनुुपर्नेमा जोड दिए । उनले शिक्षा र चेतनाबाट मात्र जातिय विभेद अन्त्य हुुने र समाज रुपान्तरण गर्न सकिने धारणा व्यक्त गरे । कार्यक्रममा परियार समाज पाल्पा गुठीका अध्यक्ष तीर्थप्रसाद गौतमले गुठीले गरेका गतिविधिहरु समेटिएको प्रतिवेदन प्रस्तुुत गरेका थिए । उनले परियार समुदायको हक अधिकारका सवालमा सबै एक भएर अगाडि बढ्नुुको विकल्प नरहेको बताए । सोही अवसरमा गुठीले संस्थामा लामो समयदेखि योगदान पुु¥याएका विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा देशभरका परियार समुदायका अगुवाहरुको उपस्थिती रहेको थियो । गुठीले मंगलबार ऐतिहासिक श्रीनगरडाँडामा गुठी पुजा र बुुधबार सांस्कृतिक झाँकी सहित प्रभात फेरी, विभिन्न विधामा उल्लेखीय योग्दान गरेका राष्ट्रियस्तरका व्यक्तित्वलाई सम्मान, परियार समुदायको उन्नतिका लागि अन्तक्र्रिया कार्यक्रम गरेको थियो । गुठीका अध्यक्ष तीर्थप्रसाद गौतमको अध्यक्षता,उपाध्यक्ष सुनिल बूढाथोकीको स्वागत, महासचिव सुजन कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।