रमेश विश्वकर्मा
गुल्मी । कोरोना संक्रमणको प्रकोप व्यवस्थापनका लागि रेसुङ्गा नगपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा गुल्मी उद्योग वाणिज्य संघले राहत स्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
बुधबार भिडियो कन्फरेन्स मार्फत संघका पदाधिकारी तथा सल्लाहकारहरुको बैठ्क बसी नगरपालिकाले राष्ट्रिय वाणिज्य बैंकमा स्थापना गरेको विपद् व्यवस्थापन कोषमा १ लाख रुपैंया राहत स्वरुप जम्मा गर्ने निर्णय गरिएको संघका अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिए । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरणको लागि गुल्मी उद्योग वाण्ज्यि संघबाट उक्त रकम सहयोग गरिएको बताए । कारोना भाइरस (कोभिड–१९) का कारण दैनिक गुजारा गरि जिवनयापन गर्ने, असहाय विपन्न वर्गका समूदाय तथा विपद् व्यवस्थापनमा सहयोग होस् भनेर नगरपालिकाले राष्ट्रिय वाणिज्य बैंकमा स्थापना गरेको विपद् व्यवस्थापन कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको संघका महासचिव ताराप्रसाद भुसालले बताए ।