इमान सिं राना
पाल्पा (रामपुर), सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुरको वार्षिक साधारण सभा तथा अधिवेशन भएको छ । संस्थाको सातौं वार्षिक साधारण तथा तेस्रो अधिवेशन आईतबार भएको हो ।
साधारण सभाको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सहकारी संस्थाहरुको नियमन र व्यवस्थापनको लागि स्थानीय सरकारलाई अधिकार प्रत्याभुत गरे पनि कर्मचारी तथा विज्ञहरुको अभावमा निती बनाउन नसक्दा उचित व्यबस्थापन गर्न नसकिएको बताए । उनले अहिले कर्मचारी व्यवस्थापन संगै निती तथा कार्यविधि निर्माणमा नगरपालिका लागेको बताए । उनले नगरपालिकाले उद्यमशिलतालाई जोड दिएको बताउँदै यस कार्यमा सहकारीहरु संग सहकार्य गरेर अघि बढ्ने बताए । रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले सहकारीहरुले बचत गर्ने बानीको विकास गरेको बताईन् । उनले अब बचत संगै आत्मनिर्भर बनाउनका लागि मार्गनिर्देश गर्ने कार्यक्रमहरु ल्याउन आग्रह गरे ।
कार्यक्रममा रामपुर नगरपालिका ६ का वडा अध्यक्ष एव आर्थिक समितिका संयोजक हुमनाथ न्यौपाने, रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्ल, नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, रामपुर नगरपालिकाका योजना अधिकृत कपिल बहादुर खाँण, सञ्चालक समितिका सदस्य सरस्वती डोटेलले बोल्दै ऋण बढाउने मात्र नभई उत्पादनशील कार्यमा कर्जा प्रवाह गर्न आग्रह गरेका थिए । संस्थाका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा संस्थाले १ करोड ५० लाख ९४ हजार ४ सय शेयर पुँजी सहित १ हजार २ सय ८१ जना शेयर सदस्य पु¥याएको बताए । उनले संस्थाले ३१ लाख ४ हजार ५० रुपैयाँ खुद नाफा गर्न सफल भएको जानकारी दिए । साधारण सभाको अवसरमा उत्कृष्ट बालबचत प्रोत्साहन पुरस्कार बाट अनिश मल्ल र दिव्या केसी, उत्कृष्ट बचत प्रोत्साहन पुरस्कार बाट अन्जु थापा, उत्कृष्ट दैनिक बचत प्रोत्साहन पुरस्कार बाट धनन्जय ढुङ्गाना र असल ऋणी प्रोत्साहन पुरस्कार बाट मीन मायाँ श्रेष्ठलाई पुरस्कृत गरिएको थियो । संस्थाका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा भएको कार्यक्रम व्यवस्थापक रामचन्द्र ढुङ्गानाको स्वागत, सञ्चालक समिति सदस्य दुर्गा प्रसाद भट्टराईको धन्यवाद र सचिव रमेश ढकालको सञ्चालनमा भएको हो ।
यस्तै अधिवेशनले पुन: भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा १५ सदस्यीय संचालक समिति सर्वसहमतिमा चयन गरेको छ । समितिको उपाध्यक्षमा मित्रलाल देबकोटा, सचिवमा राम प्रसाद ढकाल (रमेश), कोषाध्यक्षमा तिलक बहादुर मल्ल, सदस्यहरुमा दुर्गा प्रसाद भट्टराई, हरी प्रसाद अधिकारी, मधुसूदन भट्टराई, सरस्वती डोटेल, साबित्रा गौतम, प्रेम प्रकाश ढकाल, खेमनारायण काफ्ले, दुर्गा प्रसाद पोखरेल, राजेन्द्र बाँस्तोला, सन्तोष पौडेल र रेशमराज भट्टराई रहेका छन् ।