पर्यटन व्यवसाय नेपालको एक आर्थिक बलियो आधार हो । तर त्यही आर्थिक स्रोतको आधार अहिले आएर निकै कमजोर बनेको छ । २०७२ सालको भूकम्प र तीनवर्ष अघि देखिको कोरोना महामारीका कारण पर्यटन व्यवसाय निकै नै कमजोर बन्न पुग्यो । जसको परिणाम अहिले देशमा आर्थिक संकट पैदा हुने अवस्था सिर्जना भएको छ । कोरोना महामारीको अवस्था अहिले केही साम्य बन्दै गएको छ । यो बेला पर्यटन व्यवसायलाई जोडतोडका साथ अगाडि बढाउनुपर्ने बेला आएको छ । यस वर्षको जनवरी र फेब्रुअरी दुई महिनामा मात्र नेपालमा पर्यटकको आगमन संख्या १ लाखभन्दा बढी देखिएको छ । यसले पनि अबका दिनमा आशाको केही सञ्चार भने पुगेको छ । महामारी अझै पूर्णरूपमा सामान्य अवस्थामा आइसकेको छैन । तर, पछिल्ला समयमा हुने गरेका र भइरहेका कोेरोना महामारीका उत्परिवर्तनले मानव जगतमा त्यति ठूलो असर भने पु¥याउन सकिरहेको छैन । यसले गर्दा अबका दिनमा क्वारेन्टाइन र लकडाउनको घोषणा भइहाल्ने देखिँदैन । पर्यटन आफैंमा घुमफिर र देश विदेशको यात्रा भएकाले मानव आवागमनमा आइरहेको सहजतासहित पर्यटन व्यवसाय सामान्य अवस्थामा फर्कने देखिएको छ । कमजोर अवस्थामा रहेको अहिलेको पर्यटन व्यवसायीलाई आन्तरिक पर्यटनमार्फत बढी भन्दा बढी जोड दिनुको आवश्यक छ ।
थला परेको पर्यटन र पर्यटन व्यवसायीले बेहोरेको गम्भीर आर्थिक क्षतिलाई ध्यानमा राख्दै पर्यटन गतिविधिलाई लयमा फर्काउने प्रारम्भिक प्रयासका रूपमा आन्तरिक पर्यटन प्रवद्र्धनमा नेपाली पर्यटन व्यवसायीको ध्यान आकृष्ट हुनुपर्दछ । हिजो सहज अवस्थामा आन्तरिक पर्यटकलाई कुनै महत्व नदिए पनि अहिलेको अवस्थामा यो अत्यन्त उपयुक्त विकल्प हो । पर्यटन व्यवसायीले अहिले तिनै आन्तरिक पर्यटककै माध्यमबाट आफ्नो व्यवसायलाई पुनर्जीवित पार्नु आवश्यकता हो । आन्तरिक पर्यटकबाटै पर्यटन व्यवसायमा केही भरथेग गर्ने प्रयास गर्नुपर्छ । यसले आत्मनिर्भरता र राष्ट्रियतालाई बढावा दिन्छ । बाह्य पर्यटनबाट हुने आर्थिक लाभ जति आन्तरिक पर्यटनबाट नभए पनि यसले स्वदेशी उत्पादन र उपभोगलाई प्रोत्साहन भने गर्छ । स्थानीय संस्कृति र सम्पदाको संरक्षण र संवद्र्धनमा टेवा पु¥याउँछ । बाह्य पर्यटकमा मात्रै भर पर्दा नेपालको पर्यटन अत्यन्तै परनिर्भर हुन पुग्नु दुखद् हो । संकटको बेला ठूलै आर्थिक नोक्सानी बेहोर्नुपर्ने यथार्थलाई मनन् गर्दै आन्तरिक पर्यटकलाई नै जोड दिएर अर्थतन्त्र चलायमान बनाउने दिशामा ध्यान दिनु नै अहिलेको उत्तम समय होे । यसर्थ यसतर्फ सबैले ध्यान दिनु आवश्यक छ ।