आज विश्व सामाजिक सेवा दिवस हो । २०३४ साल असोज ६ मा समाजकल्याण परिषद्को स्थापना भएको दिनको अवसर पारेर हरेक वर्ष यो दिवस मनाइँदै आइएको छ । यो दिनले सामाजिक सामाज सेवकहरुको कडा परिश्रम र लगनशीलतालाई मान्यता दिन्छ । यस दिन सामाजिक कार्यमा उत्कृष्ट अभ्यासहरू प्रवद्र्धन गर्दै सामाजिक न्याय, मानव अधिकार र सामाजिक विकासको वकालत गर्दै सामाजिक कार्यकर्ताहरूको विश्वव्यापी संगठन इन्टरनेशनल फेडरेशन अफ सोसियल वर्कले समाजसेवाको पैरवी गर्दछन् ।
सामाजिक कार्यकर्ताहरूले हाम्रो समुदायमा धेरै भूमिकाहरू खेलेका हुन्छन्, आज ती सबै कुरालाई पूनरावोलोकन गरिन्छ । यो दिन सामाजिक कार्यकर्ताहरू र सामाजिक सेवा क्षेत्रमा रहेका अन्य व्यक्तिहरूका लागि आफ्ना उपलब्धिहरू मनाउने अवसर हो । सामाजिक कार्यकर्ताहरूले कमजोर परिवार र समुदायको जीवनमा खेल्ने महत्वपूर्ण भूमिकाको लागि चेतना र समर्थन जगाउने अवसर पनि हो । यो दिवसले पेसा र सामाजिक सेवा क्षेत्रलाई थप योजना, विकास र सहयोगको आवश्यकतातर्फ ध्यानाकर्षण गराउँछ ।
समाज सेवा विकासोन्मूख देशको विकासका लागि एउटा मेरुदण्ड नै हो । समाज सेवा एउटा विशुद्ध सेवामूलक काम हो । तर पछिल्लो समय समाज सेवाको नाममा कही कतै ब्रम्हलूट पनि भएको हामीले समाचार सुनेका छौं । समाजसेवीको नामबाट गलत क्रियाकलाप पनि नभएका हैनन् तर त्यो समाज सेवाको रथ हाक्ने जिम्मा मानिसले लिएका हुन्छन् । समाजसेवा पवित्र कार्य हो भने समाजसेवीको चरित्र तथा दरिद्र मानसिकताबाट समाज सेवामा कालो धब्बा लाग्दछ । जसले गर्दा समाजसेवा गर्ने संस्थाहरु नै बदनाम बन्न पुगेका छन् । आजकाल छ्याप छ्याप्ती जहाँ गयो त्यहि समाजसेवी देख्न थालिएको छ । यो एक किसिमले राम्रो मानिए पनि यसको नाममा व्यापार गर्नुले भने समाज सेवा माथि नै प्रश्न चिन्ह खडा गरेको छ । सबैलाई समाजसेवी भन्ने हो भने खाँट्टी समाजसेवी त ओझेलमा पर्ने होकि भन्ने आशंका पनि उब्जिएको छ । यो अत्यन्त दुःखको कुरा हो । नेपालमा निस्वार्थ रुपमा सामाजिक सेवामा समर्पित हुने व्यक्तिहरु पनि छन् । उनीहरुको मनोबलाई उच्च बनाउनुपर्ने हुन्छ । यसर्थ सामाजिक सेवा दिवसले सच्चा सामाजिक सेवा गर्नेहरुको मनोबल उच्च बनाउने दिशामा अगाडि बढाउन सकोस् सबैमा शुभकामना ।