सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अनुसन्धान गरी भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संवैधानिक निकायका रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना भएको हो । आयोग स्थापनाको ३२ वर्षमा पुुगेको छ । उसले शनिबार स्थापना दिवस मनाएको छ । समग्र मुलुकको भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको आयोगले प्रत्येक वर्ष सुशासन प्रवद्र्धनका लागि नेपाल सरकारलाई महत्वपूर्ण सुझाव समेत दिँदै आएको छ ।
तर, सरकारी निकायले अख्तियारको महत्वपूर्ण सुझावलाई रद्दीको टोकरीमा मिल्काउने गरेका छन् । सरकारी निकायमा रहेका अधिकारीहरूको व्यक्तिगत स्वार्थका कारण सुुझावहरु कार्यान्वयन हुुन सकेका छैनन् । अख्तियारले दिएको सुझाव कार्यान्वयन गर्दा उनीहरूलाई व्यक्तिगत रूपमा कुनै फाइदा नहुने भएकाले कार्यान्वयनको जमर्को नै गर्दैनन् । ती सुझाव कार्यान्वयन गर्दा मुलुक र जनताका लागि धेरै फाइदा पक्कै हुन्थ्यो । व्यक्तिगत फाइदा नहुने भएपछि उनीहरूलाई के मतलव ? व्यक्तिगत फाइदा मात्रै हेर्ने लम्पट सरकारी अधिकारीहरूले अख्तियारको सुझावलाई खासै ध्यान नदिनुले उनीहरूको भ्रष्ट र नैतिकहीन चरित्रलाई प्रस्टसँग देखाउछ । अख्तियारले विगतदेखि नै सबै मन्त्रालयलाई नै लक्षित गरी विभिन्न सुझाव दिँदै आएको छ । आयोगले हालै मात्र पनि मुलुकमा दिगो शान्ति, विकास, समृद्धि र सुशासनमा योगदान पु¥याउन भ्रष्टाचारजन्य क्रियाकलापलाई निरुत्साहित गर्दै सदाचार संस्कृतिको प्रवद्र्धन गरी भ्रष्टाचारमुक्त समाज स्थापना गर्ने उद्देश्यका साथ संघीय, प्रदेश र स्थानीय तीनवटै सरकारलाई विभिन्न महत्वपूर्ण सुझाव दिएको छ । तर ति सुुझाव कार्यान्वयनमा कसैको ध्यान पुुगेको छैन । यो अत्यन्त दुुखद् कुरा हो । जबसम्म सरकारी निकायहरुले अख्तियारले दिएको सुझावलाई कार्यान्वयन गर्दैनन् तबसम्म देशमा समृद्धि र सुुशासन प्राप्त हुुँदैन । भ्रष्टाचारकै कारण मुुलुुकमा सुुशासन कायम हुुन सकेको छैन । सुशासन विकासको लागि न्यूनतम पूर्वाधारको रूपमा रहेको हुन्छ । सुशासन सहितको विकासले मात्र समग्र अर्थतन्त्रको विकासलाई सघाउँछ । आर्थिक वृद्धिले आर्थिक विकासलाई प्रतिबिम्बित गर्दछ । तसर्थ मुुलुकको समृद्धि, सुुशासन कायम गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएका सुुझावहरु कार्यान्वयन गर्दै भ्रष्टाचार नियन्त्रणमा सम्बन्धित सरकारी नियकायले तदारुकता देखाउन जरुरी छ ।