Shittalpati
पहिलो पाईला नेपालद्वारा विद्यार्थीलाई न्यानो कपडा

पाल्पा । जिल्लाको सामजिक कार्यमा सक्रिय रहदै आएको पहिलो पाईला नेपाल पाल्पा शाखाले विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । संस्थाले एक कार्यक्रमका बीच तानसेन नगरपालिका १३ मा रहेको राधाकृष्ण प्राविका ५१ जना विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । विद्यालयमा अधिकास विद्यार्थीहरु सीमान्तकृत समुदायका माझी विद्यार्थीहरु रहेका छन् ।

विद्यार्थीहरुले ट्याकसुट पाएपछि हर्षित भएका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रदेश पाँचका सांसद डा.पुरनमान बज्राचार्यले युवाहरुले सामाजिक कार्य गर्नु आफैमा प्रशंसनिय रहेको बताए । उनले युवाहरुले पकेट खर्च जोगाएर सामाजिक कार्यमा लागाउनु उदाहरणीय भएको बताउँदै आगामी दिनमा पनि यसरी समर्पित हुन आग्रह गरे । कार्यक्रममा विशिष्ट अतिथि सामाजिक अभियान्ता अजय कर्माचार्यले पहिलो पाईला नेपालको कार्यलाई राज्यले अंगिकार गर्नुपर्ने बताए । उनले सीमान्तकृत समुदायमा पहिलो पाईला नेपाल पाल्पा पुगेको भन्दै यस्ता संस्थालाई स्थानीय तहदेखि केन्द्रले नै सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक सावित्रादेवि भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्तबहादुर क्षेत्री, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष खड्कबहादुर क्षेत्री, पत्रकार विष्णु पाण्डेय लगायतले पहिलो पाईला नेपालाले गरेको कामको चर्चा गर्दै आगामी दिनमा पनि सक्रिय भएर लाग्न आग्रह गरे । संस्था पाल्पा शाखाका अध्यक्ष ईश्वर ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष अस्मिता जिसीको स्वागत, सचिव दिपक पाण्डेय र सदस्य सुवास पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update