Shittalpati
दूषित पिउने पानी

पानी जीवनको स्रोत हो । स्वस्थ जीवनका लागि स्वच्छ पानी आधारभूत सर्त हो । त्यसैले स्वच्छ पानीमा सम्पूर्ण नागरिकको पहुँच मानिसको आधारभूत अधिकार हो । नेपालको संविधानले पनि यो अधिकार सुनिश्चित गरेको छ । तर त्यसको नियमनचाहिँ प्रभावकारी रूपमा भएको छैन । देशको जुनसुकै स्थानमा यो समस्या विद्यमान छ । अझ रोग लागेर उपचारका लागि गईने स्वास्थ्य संस्थामै पिउने पानी दूूषित हुुनुु दुखद् हो ।

पाल्पाका आधा दर्जन स्वास्थ्यचौकीहरुमा दूषित पानी उपभोक्त भइरहेको तथ्य फेला परेको छ । यहाँका तिनाउ गाउँपालिका, रिब्दीकोट गाउँपालिका, बगनाकासकाली गाउँपालिका र माथागढी गाउँपालिकाका केही स्वास्थ्य चौकीहरुमा प्रयोग हुने पिउने पानीमा इकोली र कोलिफर्मका जीवाणु फेला परेको तथ्य अहिले बाहिर आएको छ । स्वास्थ्य संस्थामै भएको यस्तो हेलचेक्र्याइँले एउटै कुराको संकेत गर्छ, जुन नागरिकको शुद्ध खानेपानीमा पहुँचको अधिकारलाई सुनिश्चित गर्न सरकार र सम्बन्धित निकाय गम्भीर छैनन् । मानवीय सुरक्षा सुनिश्चितता कुनै पनि सरकारको दायित्वभित्र पर्छ । तर दायित्व पुरा गर्न कुनै पनि निकायको ध्यान छैन ।

धमिलो गन्हाउने र हिलाम्मे पानीलाई मात्र सबैले खान नहुने पानी भन्ने ठान्छन् । यो कुरा सयैकडा ठीक हो तर बिर्सन नहुने कुरा अर्को पनि छ, त्यो के हो भने संलो पानी पनि खान नहुने खालको हुन सक्छ । यसकारण चाखेर, सुघेर र हेरेर मात्र पानीलाई शुद्ध वा खान हुने पानी भन्नु हुँदैन । हेर्दा सफा देखिने पानीमा पनि रोगका किटाणु हुन सक्छन् । रोगका किटाणु बसेको पानी नै दूषित पानी हो । यस्तो पानीले नै हैजा जस्तो महामारी फैलाउँछ । मूलबाट निस्केकोे पानी दूषित हुँदैन । तर, मान्छेको मल, मूत्र र गाईवस्तुको गोबर अनि अरू खालका फोहोर वस्तु प¥यो भने पानी दूषित बन्छ । प्रदूषित पानीको सेवनबाट जन्डिस, पोलियो, बच्चामा भाइरल संक्रमण, झाडापखाला, टाइफाइड, रगतमासी, भाइरल र इन्फेक्टिब हेपाटाइटिस, पखाला, झाडाबान्ता, आन्द्रा सम्बन्धी रोग, हैजा, म्यादे ज्वरो, आउँ, जियार्डियासिस, डोलो, कोर्रे र फित्ते जुकाको संक्रमण गर्मी तथा वर्षा ऋतुमा महामारीका रूपमा बर्सेनि फैलिएर ठूलो धनजनको क्षति भइरहेको छ । यो प्रमुख स्वास्थ्य समस्याको रूपमै विद्यमान छ । यसर्थ यस्तो समस्या समाधानका लागि दूषित पानी नियन्त्रण गर्ने दिशामा सरकारी र सबै पक्षले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update