पाल्पामा अबैध काठ ओसार–पसारको अभियोगमा थप दुई जनालाई पक्राउ पुर्जी
शुक्रबार, असोज ३०, २०७७
आज विश्व खाद्य दिवस नेपालमा पनि मनाईंदै
शुक्रबार, असोज ३०, २०७७
आज ४० औं विश्व खाद्य दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईंदैछ । प्रत्येक वर्ष अक्टोबर १६ मा खाद्य प्रविधि, गुणस्तर र खाद्यमा पहुँचका लागि विभिन्न कार्यक्रम गरीे दिवस मनाइन्छ ।
गुल्मीमा यस्तो छ दसैँ–तिहार सुरक्षा योजना
शुक्रबार, असोज ३०, २०७७
नेपालीहरूको महान् चार्डपर्व दसैँ–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्लामा विशेष सुरक्षा योजना बनाइएको छ । जिल्ला प्रशसान कार्याललयले विगतका चाडपर्वमा भएको सुरक्षा व्यवस्थानपनमा भएका कमी कमजोरीलाई मध्यनजर राख्दै यस वर्षको दसैँ तिहार सबैको लागि सुखद रहोस् भन्नका निम्ति विशेष सुरक्षा योजना बनाएको हो ।
महिला र दलितप्रति दसैँको सन्देश
शुक्रबार, असोज ३०, २०७७
मानव विकास सँगसँगै हाम्रा चाडपर्व, रितिरिवाज, धर्म संस्कार पनि मानवको आवश्यकता अनुसार साथसाथै आएका हुन् । धर्म संस्कार मानिसले मात्रै मान्दछ । चलन चल्तीमा ल्याउने र विस्तारै संस्कारलाई अनुसरण गर्ने काम मान्छेले मात्रै गर्दै आएको देखिन्छ ।
विश्व खाद्य दिवसको साथर्कता
शुक्रबार, असोज ३०, २०७७
अक्टोबर १६ अर्थात् आज विश्व खाद्य दिवस । आज नेपाल लगायत विश्वभरीका १५० माथिका देशहरुमा खाद्य दिवस मनाइँदै छ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको आह्वानमा प्रत्येक वर्ष अक्टोबर १६ लाई खाद्य दिवसको रुपमा मनाउन थालिएको हो ।
धानखेतीमा प्रकोप, किसान चिन्तित
शुक्रबार, असोज ३०, २०७७
गुल्मीको धुर्कोट गाउँपालिका–५ का किसान सुरेन्द्रको पाण्डेको खेतमा गत वर्ष झण्डै ८५ मुरी धान फल्यो । उनको इस्मा गाउँपालिका–३ दर्लामचौरको घम्मु फाँटमा २१ रोपनी खेत छ ।
पाल्पामा कोरोनाबाट ५४ वर्षीया महिलाको मृत्यु, मृतकको संख्या ५ पुग्यो
शुक्रबार, असोज ३०, २०७७
पाल्पामा थप एक महिलाको कोरोनाबाट मृत्यू भएको छ । तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत ५४ वर्षीया महिलाको विहीबार मृत्यु भएको हो । अस्पतालका अनुसारका अनुसार तिनाउँ गाउँपालिका ३ दोभानकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।
उच्च सतर्कता अपनाएर चाडपर्व मनाउन पाल्पा प्रशासनको आग्रह
बिहीबार, असोज २९, २०७७
जिल्ला प्रशासन कार्यालय पाल्पाले एक सूचना जारी गरी उच्च सतर्कता अपनाएर चाडपर्व मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा कोरोना संक्रमण बढ्दै गएकाले उच्च सतर्कता अपनाई घरमै बसेर चाडपर्वहरु मनाउन आग्रह गरिएको हो ।
पाल्पामा विहीबार ९ जनामा कोरोना पुष्टि
बिहीबार, असोज २९, २०७७
पाल्पामा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । विहीबार जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार ८ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण देखिएको सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाले मनायो साधारण सभा
बिहीबार, असोज २९, २०७७
नेपाली कलाकारहरुको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाले साधारण सभा मनाएको छ । प्रतिष्ठानले कोरोना महामारीका बिच एक औपचारिक कार्यक्रमको आयोजना गरी आफनो १८ औं साधारण सभा मनाएको हो ।
घरमै बसेर चाडपर्व मनाउन गुल्मी प्रशासनको आग्रह
बिहीबार, असोज २९, २०७७
जिल्ला प्रशासन कार्यालय गुल्मीले एक आदेश जारी गरि घरमै बसेर चाडपर्वहरु मनाउन आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सक्रमण रोकथाम तथा नियन्त्रणको लागि संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (घ) अनुसार विभिन्न आदेश जारी गरिएको छ ।
बुटवलमा पाँच सय लालपुर्जा वितरण
बिहीबार, असोज २९, २०७७
बुटवल उपमहानगरपालिकाले नगरका विभिन्न वडामा गरी झण्डै ५ सय लालपुर्जा वितरण गरेको छ । बुटवलका वडा नंं १४, १५, १६, १७ र १८ का विभिन्न टोलमा पुर्जाविहीन करिब ५ सय घरपरिवारलाई उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो ।


