काँग्रेसमा अहिरो, नेकपामा पहिरो
बुधबार, कात्तिक २६, २०७७
अवैधरूपमा भारत पसेका चार नेपाली पक्राउ
बुधबार, कात्तिक २६, २०७७
अवैधरुपमा भारत प्रवेश गरेको भन्दै चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाका बन्द हुँदा महाकाली नदीमा ट्युबबाट भारत प्रवेश गरेका बझाङका चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।
पाल्पामा बुधबार थप १२ जना कोरोनामुक्त, २२ जनामा संक्रमण पुष्टि
बुधबार, कात्तिक २६, २०७७
पाल्पामा बुधबार थप १२ जना कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार माथागढीका १ जना, रामपुर नगरपालिकाका २ जना, रम्भा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ५ जना संक्रमणमुक्त भएका हुन् ।
तिहार आएपछि...
बुधबार, कात्तिक २६, २०७७
तानसेनको तेस्रो सडकमा तिहारका लागि आवश्यक सामन किन्दै सर्वसाधरण । तिहार आउन थालेपछि अहिले तानसेन बजारमा चहल–पहल सुरु भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेपनि मानिसहरू किनमेलका लागि बजार पुग्न थालेका छन् ।
वैकल्पिक शिक्षामा स्थानीय सरकारको अग्रसरता
बुधबार, कात्तिक २६, २०७७
कोरोना भाइरसका कारण यस शैक्षिक सत्रको तीन महिनाभन्दा बढि कुनैपनि शैक्षिक कार्यक्रम सञ्चालन हुन सकेन । बैशाख महिनाको दोस्रो सातासम्म नयाँ पुस्तक खरिद आदिमा बित्यो । त्यसपछि विद्यालय शिक्षा क्षेत्रमा छटपटि शुरू भयो ।
सरकारको अकर्मण्यता
बुधबार, कात्तिक २६, २०७७
नेपालमा बहुमत प्राप्त दलको सरकार छ । त्यही सरकारबाट नेपाली जनताले सुरुवातमा धेरै आशा र भरोसा गरेका थिए । तर जनताको आशा निरासामा परिणत हुँदै गएको छ ।
दाउरा निकाल्न जाँदा कालीगण्डकी नदीमा डुवेर एक युवक बेपत्ता
बुधबार, कात्तिक २६, २०७७
पाल्पाको रामपुर नगरपालिका–१० शिकोडाँडा स्थित कालीगण्डकी नदीमा डुवेर एक युवक बेपत्ता भएका छन् । नदी किनारमा दाउरा निकाल्ने क्रममा डुवेर स्याङ्जा गल्याङ नगरपालिका ९ का ३६ वर्षीय सुवास बोटे बेपत्ता भएका हुन् ।
स्थानीय पाठ्यक्रमका पुस्तक सार्वजनिक
मंगलबार, कात्तिक २५, २०७७
श संघीय संरचनामा गइसकेपछि स्थानीय सरकारहरुले स्थानीय पाठ्क्रम निर्माण गरी पुस्तक नै तयार पार्न थालेका छन् । प्रदेश पाँचका केही स्थानीय तहहरुले कोरोना भाइरसले शिक्षा क्षेत्रमा प्रत्यक्ष असर पुर्याइरहेका बेला थानीय पाठ्यक्रम अनुरुप नयाँ पाठ्यपुस्तक तयार पार्न थालेका हुन् ।
नेपालमा मंगलबार ८ सय ५३ जना कोरोनामुक्त
मंगलबार, कात्तिक २५, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । मंगलबार देशका विभिन्न स्थानका अस्पतालबाट ८ सय ५३ जना नागरिक संक्रमणमुक्त भएका हुन् ।
मंगलबार पाल्पाका थप १४ जनामा कोरोना पुष्टि
मंगलबार, कात्तिक २५, २०७७
पछिल्लो २४ घण्टामा पाल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई मंगलबार प्राप्त विवरण अनुसार ८ जना पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
तिहारको तीन दिन बैंक नखुल्ने
मंगलबार, कात्तिक २५, २०७७
कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक विदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ ।
तिहारमा देउसी,भैँलो र जुवातास नखेल्न पाल्पा प्रशासनको आग्रह
मंगलबार, कात्तिक २५, २०७७
यो वर्ष तिहारमा देउसी,भैलो खेल्न नपाइने भएको छ । कोभिड—१९ संक्रमणको जोखिमका कारण यो वर्ष देउसी भैलो खेल्न नपाइने भएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाले संक्रमणको जोखिम कायमै रहेकाले देउसी, भैलो नखेल्न सबैमा आग्रह गरेको छ ।


