Shittalpati
लुम्बिनीमा पर्यटकको चहलपहल
लुम्बिनीमा पर्यटकको चहलपहल कोरोना महामारीका कारण बन्द रहेको बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र खुला गरिएसँगै पर्यटकहरुको चहलपहल सुरु भएको छ । सरकारले गत शुक्रबार पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनी पनि खुलेको हो ।
गुल्मीको रेसुङ्गामा मंसिर १३ सम्मको लागि लकडाउन
गुल्मीको रेसुङ्गामा मंसिर १३ सम्मको लागि लकडाउन गुल्मीको रेसुङ्गा नगरपालिकाले मंसिर १३ गतेसम्मकम लागि लकडाउन गर्ने घोषणा गरेको छ । नगरमा कोरोना भाईरस (कोभिड–१९)को संक्रमण तिब्ररुपमा फैलिदै गएपछि नगर सरकारले मंसिर ४ गते राती १२ बजेदेखि मंसिर १३ गते राती १२ बजेसम्मका लागि लकडाउन गर्ने घोषणा गरेको हो ।
कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने
कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताए ।
आफ्नै समस्या लेख्दैनन् पत्रकार
आफ्नै समस्या लेख्दैनन् पत्रकार भनिन्छ, डाक्टरले आफ्नै उपचार गर्न सक्दैन । कोरोनाका कारण समस्या नभएको कुनै क्षेत्र छैन । त्यसमध्ये सबैभन्दा बढी प्रभावित हुनेमा एउटा क्षेत्र सञ्चार क्षेत्र पनि हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम बेपरवाह खर्च,  उपलब्धी कम
प्रधानमन्त्री रोजगार कार्यक्रम बेपरवाह खर्च, उपलब्धी कम पाल्पा र गुल्मीका अधिकांश स्थानीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट सडक नाली सफा गर्ने, झार उखेल्ने, बाँदर लखेट्ने जस्ता काममा खर्चेका छन् । स्वयंसेवकबाट निःशुल्क हुने काममा पनि राज्यकोषबाट करोडौं खर्च गरेर कार्यकर्तालाई पोस्ने काम भइरहेको भन्दै यो कार्यक्रमको आलोचना हुँदै आएको छ ।
शौचालय दिवसको सार्थकता
शौचालय दिवसको सार्थकता आज विश्व शौचालय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । शौचालय वा सरसफाईको अभावले मानिसको जीवनयापनमा पुर्‍याउने असरमा केन्द्रित रहेर हरेक वर्ष १९ नोभेम्बरमा यो दिवस मनाइने गरिन्छ ।
आज विश्व शौचालय दिवस मनाइदै
आज विश्व शौचालय दिवस मनाइदै विश्व शौचालय दिवस आज मनाइदै छ । विभिन्न सरकारी र गैर–सरकारी संस्थाहरूले विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागेका हुन् । यस वर्ष कोरोना महामारीका कारण विगतमा जस्तो भने भव्य कार्यक्रमहरु नहुने जनाइएको छ ।
पाल्पामा बुधबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि
पाल्पामा बुधबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा पाल्पामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई बुधबार प्राप्त विवरण अनुसार ६ जना पुरुष र १३ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
विश्व बैंकबाट ४२ अर्ब सहयोग
विश्व बैंकबाट ४२ अर्ब सहयोग नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड– १९ पछिको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पुर्‍याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै दुई सम्झौतामा हस्ताक्षर भएको छ ।
पाल्पाकी कोरोना संक्रमित ५१ वर्षीया महिलाकोे मृत्यु
पाल्पाकी कोरोना संक्रमित ५१ वर्षीया महिलाकोे मृत्यु पाल्पाकी कोरोना संक्रमित ५१ वर्षीया महिलाकोे मृत्यु भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–६, यम्घाकी ५१ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
मोदी र बाइडेनबीच फोन वार्ता, महामारी नियन्त्रण र सहकार्यका विषयमा छलफल
मोदी र बाइडेनबीच फोन वार्ता, महामारी नियन्त्रण र सहकार्यका विषयमा छलफल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गरेका छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफु सधैँ खुल्ला र तयार रहेको बताएका छन् ।
Weather Update