Shittalpati
भतिजको कुटाइबाट काकाको मृत्यु
भतिजको कुटाइबाट काकाको मृत्यु महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा विहीबार राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।
पाँच सयको सामानमा अढाइ लाख जरिवाना
पाँच सयको सामानमा अढाइ लाख जरिवाना भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना सत्य हो । वीरगञ्ज महानगरपालिका–१६ बाइपासस्थित वैष्णो देवी मन्दिर नजिकै रहेको जय अम्बे टे«ड एण्ड जेनरल अर्डर सप्लायर्सका दीपक भन्ने कामदारले ५ सय मूल्य बराबरको अगरबतीको १०० खाली खोल ल्याउँदा...
पाल्पाको रामपुरमा कुलोमा डुबेर दुई वर्षीय बालकको मृत्यु
पाल्पाको रामपुरमा कुलोमा डुबेर दुई वर्षीय बालकको मृत्यु जिल्लाको रामपुर नगरपालिका ३ रजघरामा कुलोमा डुवेर एक बालकको मृत्यु भएको छ । रामपुर ३ रजघराका दामोदर देवकोटाको २ वर्षका छोरा बोधराज देवकोटाको आफ्नै घर आगनमा खेल्ने क्रममा कुलोमा खसेर मृत्यु भएको हो ।
गुल्मी जीप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो
गुल्मी जीप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो गुल्मीमा भएको जीप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । शुक्रबार विहान इस्मा गाउँपालिका ४ हुलदेखि सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटनामा घाइते भएका हुलका १९ वर्षीय फर्सुराम थापाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको हो ।
सर्वसम्मत नेतृत्व चयन होस्
सर्वसम्मत नेतृत्व चयन होस् कोरोना कहरका बिच पनि उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा तथा महासंघ हाँक्ने नयाँ समिति चयन बिहीबारदेखि सुरु भएको छ । कोरोना संक्रमणको जोखिमका कारण उद्घाटन मात्रै नभई बन्दसत्र समेत जुम एपबाट भएकोे छ ।
देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै देशभरिका बालबालिकालाई बिहीबारदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । कोभिड–१९ का कारण नियमित हुन नसकेको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम विहीबार रशुक्रबार देशभरि एकैसाथ सञ्चालन गरिएको हो ।
गुल्मीमा जीप दुर्घटना , ५ को मृत्यु ३ घाइते, (हेर्नुहोस विवरण सहित)
गुल्मीमा जीप दुर्घटना , ५ को मृत्यु ३ घाइते, (हेर्नुहोस विवरण सहित) गुल्मीमा जीप दुर्घटना भएको छ । आज विहान ७ बजेको समयमा इस्मा गाउँपालिका ४ हुलदेखि सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटना भएको हो ।  
गुल्मीमा जीप दुर्घटना , ५ को मृत्यु २ घाइते , एक बेपत्ता
गुल्मीमा जीप दुर्घटना , ५ को मृत्यु २ घाइते , एक बेपत्ता गुल्मीमा जीप दुर्घटना भएको छ । आज विहान ७ बजेको समयमा इस्मा गाउँपालिका ४ हुलदेखि सदरमुकाम तम्घासतर्फ आउँदै गरेको जीप दुर्घटना भएको हो ।
बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु
बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु बुटवलमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–९ की ८५ वर्षीया महिलाको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।
झुम्सा खानेपानी आयोजनाको काम शुरु : बुटवल र तिनाउलाई सहकार्य गर्न आग्रह
झुम्सा खानेपानी आयोजनाको काम शुरु : बुटवल र तिनाउलाई सहकार्य गर्न आग्रह बुटवलमा खानेपानीको सहज आपूर्तिका लागि झुम्सा खानेपानी आयोजनाको काम शुरु भएको छ । खानेपानी मन्त्रालयअन्तर्गतको नेपाल खानेपानी संस्थानले बुटवल उपमहानगरपालिकाका सबै वडामा प्रशोधित खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी आयोजनाको काम अघि बढाएको हो ।
‘उद्योगी व्यवसायीको हितमा काम गर्ने मेरो लक्ष्य हो’
‘उद्योगी व्यवसायीको हितमा काम गर्ने मेरो लक्ष्य हो’ निजी क्षेत्रको सबैभन्दा ठूलो प्रतिनिधिमूलक संस्था तथा उद्योगी व्यवसायीको छाता संगठन उद्योग वाणिज्य महासंघको मंसिर ११ देखि १३ गतेसम्म नयाँ नेतृत्व छनोटका लागि काठमाण्डौँ ५४ औं वार्षिक साधारणसभा र अधिवेशन हुँदैछ । अधिवेशनले वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित ६४ जना पदाधिकारी चयन गर्नेछ ।
Weather Update