नवजनचेतना राष्ट्रिय दैनिक २०७७ माघ ६ गते मंगलबार
मंगलबार, माघ ६, २०७७
पाल्पादेखि नवलपरासीसम्म चल्ने टिपरलाई ‘टाइम कार्ड’
सोमबार, माघ ५, २०७७
पाल्पादेखि नवरलपरासीसम्म चल्ने टिपरलाई टाइम कार्ड लागु गरिएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले टिपरको बढ्दो आतंक रोक्न सोमबारबाट टिपरमा ‘टाइम कार्ड’ सिस्टम लागू गरेको हो ।
बेलायतका राजदूतमा रेग्मी नियुक्त
सोमबार, माघ ५, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा उनलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाएका छन् ।
गुल्मी कोरोना प्रयोगशालाका कर्मचारीले पारिश्रमिक नपाएको गुनासो
सोमबार, माघ ५, २०७७
गुल्मीको सदरमुकाम तम्घासस्थित कोरोना परीक्षण प्रयोगशालामा कार्यरत कर्मचारीले तीन महिनादेखि पारिश्रमिक नपाएको बताएका छन् । स्थानीय तहले समयमै रकम नदिएका कारण स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन् ।
नेपालमा पनि नयाँ प्रजातिको कोरोना,बेलायतबाट फर्केका तीन जनामा पुष्टि
सोमबार, माघ ५, २०७७
नेपालमा कोभिड –१९ भाइरस कायमै रहेका बेला पुनः नयाँ प्रजातिको भाइरस भित्रिएको पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तीन जनामा बेलायतमा देखिएको यूके भेरिएन्ट (बी–११७) कोरोना भाइरस पुष्टि भएको जनाएको हो ।
पूर्व उद्योग मन्त्री पाण्डेयलाई कोरोना पुष्टि
सोमबार, माघ ५, २०७७
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उद्योगमन्त्री सोम प्रसाद पाण्डेयलाई कोरोना संक्रमण भएको छ । शनिबार काठमाडौंको राष्ट्रिय प्रयोगशाला टेकुमा स्वाब परीक्षण गर्दा पाण्डेयलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पाल्पामा बाँदरबाट सुन्तला जोगाउनै धौं
सोमबार, माघ ५, २०७७
बोटमा पाकेर पहेँलपुर सुन्तलाका दाना जोगाउन किसानलाई सास्ती भएको छ । पाल्पामा यस वर्ष कम उत्पादन भएको सुन्तलाको दाना बाँदरबाट जोगाउन मुस्किल भएपछि किसान चिन्तित बनेका छन् ।
ग्राहक कुर्दै व्यापारी
सोमबार, माघ ५, २०७७
तानसेनको शित्तलपाटीस्थित सडक पेटीमा ग्राहक कुर्दै व्यापारी ।
मेगा बैंकको भर्चुअल सहायता सेवा प्रारम्भ
सोमबार, माघ ५, २०७७
मेगा बैंक नेपाल लिमिटेडले भर्चुअल सहायता सेवा प्रारम्भ गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै अत्याधुनिक भर्चुअल (अनलाइन) सहायता सेवा शुभारम्भ गरेको हो ।
आन्तरिक पर्यटनको विकासमा जुटौं
सोमबार, माघ ५, २०७७
विश्वभर फैलिएको कोभिड–१९ का कारण नेपालको पर्यटन व्यवसाय धराशायी भएको छ । लामो समयसम्म बन्द निजी क्षेत्रहरु लकडाउनपछि करिब–करिब सबै खुलेका छन् ।
बाख्रा फर्ममा आगलागी हुँदा ठूलो क्षति ब्यहोरेका गुल्मीका शाहलाई काँग्रेसले गर्यो आर्थिक सहयोग
आइतबार, माघ ४, २०७७
जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका सौभाग्य शाहलाई नेपाली काँग्रेसले आर्थिक सहयोग गरेको छ । गत पुस २३ गते बिहिबार अज्ञात समूहले शाहले सञ्चालन गरेको फर्ममा पेट्रोल छर्किएर आगजनी गरेका थिए । आगलागीका कारण फर्ममा रहेका २५ बाख्रा शाहले गुमाउनु परेको थियो ।
पाल्पा अस्पतालका अध्यक्ष पाण्डेलाई कोरोना
आइतबार, माघ ४, २०७७
पाल्पा अस्पतालका अध्यक्ष तथा नेकपा पाल्पाका नेता नेत्रप्रसाद पाण्डेलाई कोरोना पोजेटिभ देखिएको छ । गत सातादेखि स्वास्थ्यमा समस्यादेखि आराम गरिरहेका पाण्डेको शनिवार तानसेनस्थित कोभिड–१९ प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ देखिएको पारिवारिक श्रोतले जनाएको छ ।


