ससुराको हत्या आरोपमा पक्राउ परेकी महिलालाई सार्वजनिक

गुल्मी, ससुराको हत्या आरोपमा पक्राउ परेकी बुहारी मनकला ज्ञवालीलाई गुल्मी जिल्लाको प्रहरीले सार्वजनिक गरेको छ । आफ्नै ससुराको हत्या आरोपमा पक्राउ परेकी रुरुक्षेत्र गाउँपालिका–३ की ४२ वर्षीया ज्ञवालीलाई प्रहरीले पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो ।
फागुन ८ गते ८७ वर्षीय नन्दकुमार ज्ञवाली ओछ्यानमै मृत अवस्थामा फेला परेका थिए । घटना रहस्यमय देखिएपछि फागुन ९ गते उनकी बुहारी मनकलालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिए । सोही दिन राति करिब ९ः४५ बजेको समयमा नन्दकुमारको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । हत्या गर्नुको कारण भने प्रहरीले खुलाएको छैन । उनलाई अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्