झडेवाका कृषकलाई कृषि सामग्री र बिउ
बिहीबार, माघ २२, २०७७
माथागढी गाउँपालिकाले गर्यो पाँच कार्यविधि संशोधन
बिहीबार, माघ २२, २०७७
सभाले एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७७, गाउँपालिकाको साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि, महिला समूह गठन तथा व्यवस्थापन कार्यविधि, लैङग्कि हिंसा निवारण कोष सञ्चालन कार्यविधि र जलस्रोत उपभोग तथा मूल दर्ता व्यवस्थापन विधि संशोधन गरेको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए ।
सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सडक कार्यालय पाल्पाको आग्रह
बुधबार, माघ २१, २०७७
सडक विभागको स्वीकृति प्राप्त नगरी बनाइएका संरचनाहरु हटाउन सडक डिभिजन कार्यालय पाल्पाले आग्रह गरेको छ । सडक विभागको स्वीकृतिबिनै सडक अतिक्रमण गरी राजमार्ग तथा सहायक मार्गमा बनाइएका संरचनाले सडक आवागमनमा बाधा पुगेको भन्दै तत्काल त्यस्ता संरचना हटाउन सडक कार्यालयले सम्बन्धित व्यक्तिलाई आग्रह गरेको हो ।
भोलि आम हड्ताल गर्ने प्रचण्ड–माधव समूहको घोषणा
बुधबार, माघ २१, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बिहीबार (भोलि) देशव्यापी आम हड्तालको घोषणा गरेको छ । प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै बिहीवार पाल्पा सहित देशव्यपापी रुपमा हड्तालको घोषणा गरेको हो ।
पाल्पामा टिपर दुर्घटना हुँदा तीन जना घाइते
बुधबार, माघ २१, २०७७
सोमबार जिल्लाका छुट्टा–छुट्टै स्थानमा भएका टिपर दुर्घटनामा तीन जना घाइते भएका छन् । जिल्लाको तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका विभिन्न स्थानमा भएका टिपर दुर्घटनामा तीन जना घाइते भएका हुन् ।
निर्वाचनका लागि बजेटको कुुनै अभाव हुने छैन : अर्थमन्त्री पौडेल
बुधबार, माघ २१, २०७७
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक आर्थिक व्यवस्थापन लगायत विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको छ । सरकारले वैशाख १७ र २७ गते दुई चरणमा हुने गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति करिब डेढ महिनाअघि नै घोषणा गरिसकेको छ ।
देशभर १ सय ७९ जनामा कोरोना, एकको मृत्यु
बुधबार, माघ २१, २०७७
देशभर थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर १ सय ७१ जना कोरोना संक्रमित पुष्टि भएसँगै एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा निसीखोला
मंगलबार, माघ २०, २०७७
बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले पालिकाभित्रका सबै पर्यटकीय क्षेत्रको एकमुष्ठ रुपमा प्रर्वद्धन गर्न थालेको छ । गाउँपालिकामा पर्यटनको प्रसस्त सम्भावना भएर पनि ओझेलमा परेको भन्दै प्रर्वद्धनात्मक कार्यक्रम अघि सारेको हो ।
वर्षा र हिमपातको सम्भावना
मंगलबार, माघ २०, २०७७
आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए ।
बुटवलका सबै वडामा सहजीकरण समिति
मंगलबार, माघ २०, २०७७
भूमिसम्बन्धी समस्या समाधानका लागि बुटवल उपमहानगरपालिकाका सबै वडामा सहजीकरण समिति गठन भएका छन् । उपमहानगरमा नगरस्तरीय र १९ वडामा वडास्तरीय सहजीकरण समिति गठन भएका हुन् । उपमहानगरमा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन एकाई कार्यालय नै स्थापना गरेर भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधानको पहल शुरु भएको प्रमुख शिवराज सुवेदीले बताए ।
कतै निर्वाचनको तयारी कतै सडक आन्दोलन
मंगलबार, माघ २०, २०७७
प्रतिनिधिसभा विघटनपछि त्यसको विरोधमा राजनीतिक दलदेखि नागरिक समाजसम्म आन्दोलित छन् । सरकार भने आफ्नो कदमलाई जायज ठहर्याउन चुनावको एजेण्डा बोकेर आफैं सडकमा उत्रिएको छ । सर्वोच्च अदालतमा विघटनको संवैधानिक परीक्षण भइरहेको छ, निर्वाचन आयोगमा सत्तारुढ दल विभाजनको किचलो चलिरहेको छ ।


