देशले भोगेको समस्या
बुधबार, चैत ४, २०७७
रामपुरमा पर्यटकीय विकास गर्न दृश्यावलोकन स्तम्भ
बुधबार, चैत ४, २०७७
पर्यटकीय क्षेत्र पाल्पाको रामपुरमा दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण शुरु गरिएको छ । रामपुर नगरपालिका–४ को बरडाँडामा पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यका साथ दृश्यावलोकन स्तम्भ निर्माणकार्य अगाडि बढाइएको हो ।
पाल्पाली चुकाउनीमा बढ्दो आकर्षण
बुधबार, चैत ४, २०७७
पाल्पाको पहिचानको रुपमा विकसित हुँदै गएको चुकाउनीको प्रयोग बढ्न थालेको छ । बिस्तारै गर्मी बढ्दो क्रममा रहेकाले चुकाउनीको प्रयोग बढ्न थालेको हो । आलु र दहीको मिश्रणबाट बन्ने चुकाउनी एक प्रकारको स्वादिलो अचार हो । शहरका कतिपय भोजनालयमा पनि यो परिकार पाउन सकिन्छ ।
गुल्मीमा भूमिहिन सुकुम्वासीलाई जग्गा दिन लगत संकलन
मंगलबार, चैत ३, २०७७
गुल्मीमा भूमिहिन सुकुम्वासी र अब्यवस्थित बसोबासहरुको लगत संकलन गरिने भएको छ । उनीहरुलाई जग्गा उपलब्ध गराई ब्यवस्थित ठाउँमा ब्यवस्थापन गर्ने उद्देश्यले उनीहरुको लगत संकलन गर्न लागिएको हो ।
सगरमाथा साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको संरक्षकमा ‘भनभनेली’
मंगलबार, चैत ३, २०७७
सगरमाथा साहित्य प्रतिष्ठान लुम्बिनीको संरक्षकमा विष्णु घर्ती ‘भनभनेली’ नियुक्त भएका छन् । इस्मा गाउँपालिका गुल्मीका प्रमुख प्रशासकीय अधिकृत समेत रहेका ‘भनभनेली’लाई प्रतिष्ठानले लुम्बिनी प्रदेश कमिटीको संरक्षक पदमा नियुक्ति गरेको हो ।
ग्लोबल आइएमई बैंकद्वारा डिबेन्चर जारी
मंगलबार, चैत ३, २०७७
ग्लोबल आइएमई बैंक लिमिटेडले डिबेन्चर जारी गरेको छ । बैंकले ‘८ दशमलव ५५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६–८७’ जारी गरेको हो ।बैंकले उक्त डिबेन्चर निष्काशन गरी बिक्री समेत खुला गरेकोे छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको एक प्रति ऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको जनाएको छ ...
पाल्पाली पत्रकारले सिडियो समक्ष गरे यस्तो खुलासा
मंगलबार, चैत ३, २०७७
गत साता सिन्धुलीबाट सरुवा भएर पाल्पा आएका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले पाल्पाली पत्रकारहरुसँग भेटघाट गरेका छन् । सोमबार जिल्लाको सम्पूर्ण अवस्था बुझ्नका लागि प्रजिअ पाण्डेले पत्रकारसँग भेटघाट गरेका हुन् ।
तानसेनको ‘नगर बृहत योजना’ पुस्तक विमोचन
सोमबार, चैत २, २०७७
तानसेन नगरपालिकाले ‘नगर वृहत योजना २०७७’ नामक पुस्तक विमोचन गरेको छ ।


