Shittalpati
यो कारण कालीगण्डकी डाइभर्सन हुनु हुन्न
यो कारण कालीगण्डकी डाइभर्सन हुनु हुन्न विश्वको एकमात्र शालिग्राम शिला उत्पादन गर्ने नदी करोडौ वर्षदेखि अविछिन्न बग्दै आएको (हिमनदी) हिमालय मुस्ताङबाट बग्दै नारायणीमा मिलेको छ । यसको स्वरुप नै परिवर्तन हुनेगरी नेपाल सरकारले ल्याएको कालिगण्डकी डाइभर्स आयोजना संविधान राष्ट्रिय अन्तर्राष्ट्रिय सन्धि विपरित छ ।
कोरियाबाट फर्केकालाई सहुलियत कर्जा
कोरियाबाट फर्केकालाई सहुलियत कर्जा ग्लोबल आइएमई बैंक लिमिटेडले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीबाट उत्पन्न समस्या तथा अन्य कारणबाट नेपाल फर्किएकाहरुका लागि स्वदेशमा व्यवसाय तथा रोजगारी सिर्जना गर्न उत्प्रेरित गर्ने उद्देश्यले बैंकले सहुलियत कर्जा उपलब्ध गराउने भएको हो ।
‘भोट चल्छ बोली किन सुनिँदैन ?’
‘भोट चल्छ बोली किन सुनिँदैन ?’ कोरोना भाइरस महामारीका कारण भैरहवा शान्तिनगरकी ३४ वर्षीया तमन्ना गुरुङको रोजीरोटी खोसिएको छ । जीवन चलाउन उनी अहिले कामका खोजीमा छन् । कोरोनाको कारण देखाउँदै कोही काम दिन तयार हुँदैनन् । ‘कोरोनाले गर्दा जीवन धान्नै नसक्ने अवस्थामा पुगेकी छु ।
तानसेनको पिपलडाँडामा पुग्यो खानेपानी
तानसेनको पिपलडाँडामा पुग्यो खानेपानी खानेपानीको समस्या झेलिरहेका तानसेन मदनपोखराको पिपलडाँडाका सबै घरमा अहिले खानेपानी पुगेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीय बासिन्दाको श्रमदानमा यहाँका प्रत्येक घरमा खानेपानी पुगेको हो ।
अपेक्षा अनुसार नै कुलमानको नियुक्ति
अपेक्षा अनुसार नै कुलमानको नियुक्ति सरकारले नेपाल विद्युत् प्राधिकरणमा पुनः कुलमान घिसिङलाई नियुक्त गरेको छ । जनअपेक्षा गरिएअनुसार नै सरकारले प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा घिसिङलाई नियुक्त गरेको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारले एक महिनासम्म केही गर्न नसकेको भन्ने आरोप लागिरहेको बेलामा कुलमानलाई नेपाल विद्युत् प्राधिकरणको जिम्मेवारी सुम्पनुले यतिखेर यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
कुलमानको नियुक्तिले उठाएको सवाल
कुलमानको नियुक्तिले उठाएको सवाल राजनीतिक क्रियाकलाप र राजनीतिक दलका भाषणले मात्र प्राथमिकता र चर्चा पाउने नेपाली सञ्चार माध्यममा केही दिनदेखि कुलमान घिसिङको फेरि व्यापक चर्चा भएको छ । अपेक्षा गरिएअनुसार नै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा कुलमानलाई नियुक्त गरिएको छ ।
पाल्पामा सञ्चारिका समूह गठन
पाल्पामा सञ्चारिका समूह गठन पाल्पामा सञ्चारिका समूह गठन भएको छ । जिल्लामा कार्यरत महिला सञ्चारकर्मीहरुको संस्थागत विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले समूह गठन गरिएको हो ।
बगनासकालीले आफ्नै पालिकाको लोगो प्रयोगमा ल्याउने
बगनासकालीले आफ्नै पालिकाको लोगो प्रयोगमा ल्याउने जिल्लाको बगनासकाली गाउँपालिकाले आफ्नै पालिकाको चिन्ह (लोगो) प्रयोगमा ल्याउने भएको छ । स्थानीय सरकारले आफ्नो पहिचान झल्किने गरी प्रतिक चिन्ह लोगो बनाउन पाउने व्यवस्था अनुसार गाउँपालिकाले लोगो बनाउन लागेको हो ।
कोरोनासँग लापरबाही नगरौं
कोरोनासँग लापरबाही नगरौं समुदायस्तरमा स्वास्थ्य मापदण्ड अपनाउन लापरबाही गरिँदा फेरि संक्रमितको संख्या दिनहुँ थपिँदै गएको छ । स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग तथा मापदण्ड पालनामा लापरबाही हुँदा पाल्पा लगायत देशैभर संक्रमितको दर उकालो लागेको छ । अहिले सार्वजनिक यातायात सञ्चालनमा ल्याइएको छ भने समयसीमा तोकेर लगभग सबै क्षेत्र खुला गरिएको पनि छ ।
पाल्पामा स्याललाई हानेको बन्दुकले लागेर आफ्नै  छोराको ज्यान गयो
पाल्पामा स्याललाई हानेको बन्दुकले लागेर आफ्नै छोराको ज्यान गयो पाल्पामा बाबुले हानेको बन्दुकले लागेर छोराको ज्यान गएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका– ६ तल्लोतालका ३५ वर्षीय धनबहादुर लम्तरीको बाबुले स्याललाई हान्ने क्रममा लागेर ज्यान गएको हो ।
Weather Update