Shittalpati
किसानलाई अनुदान रकम वितरण
किसानलाई अनुदान रकम वितरण गल्याङ नगरपालिकाले किसानलाई अनुदान रकम वितरण गरेको छ । नगरपालिका २ नम्बर वडाको बटुवाका किसानलाई १९ लाख ५ सय ७५ अनुदानस्वरुप वितरण गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले किसानलाई दूधमा प्रति लिटर १५ अनुदान दिएको छ भने गाई पकेट क्षेत्र लागत साझेदारी कार्यक्रम अन्तर्गत पनि अनुदान वितरण गरेको छ ।
पाल्पा कोरोना अपडेट : सोमबार ८९ जना नयाँ संक्रमित थपिए, ३० जना निको
पाल्पा कोरोना अपडेट : सोमबार ८९ जना नयाँ संक्रमित थपिए, ३० जना निको जिल्लामा पछिल्लो २४ घण्टामा ८९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ८९ जना नयाँ संक्रमित थपिएका हुन् ।
एसइई अफर सार्वजनिक
एसइई अफर सार्वजनिक नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ । गत वर्षजस्तै टेलिकमले यसवर्षको अफर अन्तर्गत एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो ।
पाल्पामा ‘तपाईंको मास्क खोइ ?’अभियान तीव्र
पाल्पामा ‘तपाईंको मास्क खोइ ?’अभियान तीव्र पाल्पामा ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिइएको छ । जिल्लामा कोभिड–१९ संक्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको हो ।
पुरानो पानी ट्याङकी टोल विकास संस्थामा नयाँ नेतृत्व,अध्यक्षमा पाण्डे
पुरानो पानी ट्याङकी टोल विकास संस्थामा नयाँ नेतृत्व,अध्यक्षमा पाण्डे सामाजिक क्षेत्रमा सक्रिय रहेको पुरानो पानी ट्याङकी टोल विकास संस्थामा नयाँ नेतृत्व आएको छ । तानसेन नगरपालिका ३ भगवतीटोलमा रहेको टोल विकास संस्थामा आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व आएको हो । संस्थाको तेस्रो अधिवेशनले सारदा पाण्डेको अध्यक्षतामा ९ कार्यसमिति चयन गरेको छ ।
भैँसीपालनमा भविष्य खोज्दै रामपुरका युवा
भैँसीपालनमा भविष्य खोज्दै रामपुरका युवा ‘विदेश गए धेरै दिन बसिन, किन बेच्नी रगत र पसिना, चिन्ता छैन केही, मलाई कतार पनि यहीँ, दुबई पनि यहीँ, मलाई मलेसिया यहीँ ।’ गायक पशुपति शर्माले गाएको यो गीत रामपुरका युवा बलबहादुर रानाको जीवनसँग मेल खाएको छ । दाम र कामको खोजीमा उनले चार वर्ष दुबईमा बिताए ।
आज आदिवासी दिवस मनाइँदै
आज आदिवासी दिवस मनाइँदै आज(सोमबार) २७ औं विश्व आदिवासी दिवस नेपालमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ । विश्व आदिवासी दिवस प्रत्येक वर्षको अगस्त ९ तारिखमा मनाइन्छ । संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि सोही वर्षदेखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो ।
प्रभुको मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने
प्रभुको मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने प्रभु बैंक लिमिटेडले मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । बैंकले नगद जम्मा गर्नको लागि बैंकको नगद काउन्टरमै भौतिक रुपमै उपस्थिति हुनु पर्ने बाध्यताको अन्त्य गर्दै यो सेवा सञ्चालनमा ल्याएको हो । क्यास रिसाइकल मेसिनबाट आफूले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ ...
आदिवासी दिवसको सन्दर्भ
आदिवासी दिवसको सन्दर्भ हरेक वर्ष ९ अगस्टका दिन विश्व आदिवासी दिवस मनाइन्छ । आज पनि यो दिवस विश्वरभर भौतिक उपस्थिती विना नै मनाइदै छ । कोरोना विश्वव्याधिका कारण अघिल्ला वर्षमा जसरी यस वर्ष यो दिवस मनाउन सकिने परिस्थिति छैन् । समस्याले समाधान वा प्रविधि दिन्छ भनेजस्तै अहिले विश्ववासीले भर्चुअल प्रविधि पाएका छन् ।
गुल्मीमा  माक्स नलगाई हिड्ने कारवाहीमा
गुल्मीमा माक्स नलगाई हिड्ने कारवाहीमा जिल्लामा मास्क नलगाई घरबाहिर हिड्नेलाई प्रहरीले कारवाही गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा गर्न बनेको अध्यादेश २०७८ तथा स्थानीय प्रशासन ऐन २०२८ बोमोजिक निषेधाज्ञाको अवज्ञा गरी माक्स नलगाई हिड्डुल गर्ने १६ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको हो ।
काँग्रेस पाल्पाले दियो कुंसरेका विपन्न परिवारलाई राहत सामग्री
काँग्रेस पाल्पाले दियो कुंसरेका विपन्न परिवारलाई राहत सामग्री नेपाली काँग्रेस पाल्पाले तानसेन नगरपालिका ६ कुंसरेका विपन्न परिवारलाई राहत सामग्री दिएको छ । काँग्रेसले कोभिडका कारण प्रभावित बनेका यहाँका १० घर परिवारलाई राहत स्वरुप खाद्यान्न दिएको हो ।
Weather Update