तानसेन नगरपालिकामा गठबन्धन विजयी
मंगलबार, जेठ ३, २०७९

गुल्मीको कालिगण्डकीमा अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी
मंगलबार, जेठ ३, २०७९
जिल्लाको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यहाँ नेपाली काँग्रेसबाट अध्यक्षमा उम्मेदवार बनेका वेदबहादुर थापा पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।

पाल्पाको रैनादेवी छहरामा गठबन्धन विजयी
मंगलबार, जेठ ३, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यहाँ अध्यक्षमा नेपाली काँग्रेसका रुक्मागत भट्टराई विजयी भएका छन् । उनले ६ हजार ६ सय ४३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका रामबहादुर राउतले ६ हजार १ सय ४५ मत पाए । २०७४ सालको स्थानीय निर्वाचनमा पनि...

तानसेनमा दुई पत्रकार वडा अध्यक्षमा निर्वाचित
मंगलबार, जेठ ३, २०७९
जिल्लाका दुई पत्रकार वडा अध्यक्षमा निर्वाचित भएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाका निवर्तमान अध्यक्ष राजेश कुमार अर्याल तानसेन नगरपालिका –९ को वडा अध्यक्ष र नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य सोमनाथ अर्याल तानसेन नगरपालिका –८ को वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

पाल्पाको रिब्दिकोटमा गठबन्धन विजयी
मंगलबार, जेठ ३, २०७९
जिल्लाको रिब्दिकोट गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यहाँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट अध्यक्षमा उम्मेदवार बने नारायणबहादुर कार्की विजयी भएका छन् । उनले ५ हजार ७ सय ४ मत ल्याई विजयी भएका हुन् ।

पाल्पाको रामपुर नगरपालिकामा काँग्रेस विजयी
मंगलबार, जेठ ३, २०७९
जिल्लाको रामपुर नगरपालिका काँग्रेस विजयी भएको छ । यहाँ नेपाली काँग्रेसका रमण बहादुर थापा पुनः नगर प्रमुखमा विजयी भएका छन् । उनले १० हजार ४ सय ५६ मत ल्याएर विजयी भएका हुन । थापाका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका शिव अर्यालले भने १० हजार ८३ मत प्राप्त गरे ।

मोदीद्वारा पूजा आर्चना
मंगलबार, जेठ ३, २०७९
लुम्बिनी भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यहाँस्थित मायादेवी मन्दिरमा पूजा अर्चना गरेका छन् । प्रधानमन्त्री मोदीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा.आरजु राणा देउवाले पनि पूजा अर्चना गरे । दुबै देशका प्रधानमन्त्रीहरुले पूजाअर्चना गरिरहँदा बौद्ध भिक्षुहरुले बुद्धबन्दना गरेका थिए ।

तीन इन्स्योरेन्स कम्पनीबीच एक आपसमा गाभिने सहमति
मंगलबार, जेठ ३, २०७९
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक आपसमा गाभिने सहमति भएको छ । सो सम्बन्धमा तीनै कम्पनीका अध्यक्षहरूले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

दूरसञ्चार दिवसको सार्थकता
मंगलबार, जेठ ३, २०७९
आज विश्व दूरसञ्चार दिवस मनाइँदैछ । सञ्चार प्रविधिबारे नागरिकहरुलाई सू–सूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेशन यूनियन स्थापनाका लागि आधार तयार गरेको थियो । त्यहि दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस...

गुल्मीको इस्मा गाउँपालिकामा काँग्रेस विजयी
सोमबार, जेठ २, २०७९
गुल्मीको इस्मा गाउँपालिकामा काँग्रेस विजयी भएको छ । यहाँ काँग्रेसले चारवटा वडा सहित पालिका हात पारेको हो । अध्यक्षमा नेपाली काँग्रेसका भगतसिं खड्का विजयी भएका छन् । ५ हजार ५ सय ८९ मत ल्याएर विजयी भए भने निकटत्म प्रतिद्धन्द्धी नेकपा एमालेका हिराबहादुर एसीले ५ हजार ४ सय ६४ मत ल्याए...

गुल्मीको इस्मा –२ मा एमालेको किल्ला भत्कायो काँग्रेसले
सोमबार, जेठ २, २०७९
नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा गुल्मीको इस्मा गाउँपालिका –२ मा नेकपा एमालेको किल्ला भत्काएको छ । धेरै वर्षदेखि एमालेको गढ मानिएको इस्मा –२ मा काँग्रेसले यस पटक भने भत्काएको हो । यहाँ अन्तिम मत परिणामअनुसार वडा अध्यक्षमा नेपाली काँग्रेसका लोकनाथ आचार्य, महिला सदस्य रेनुका सारुसहितको प्यानलै विजयी भएको छ ।

गुल्मीको दुई पालिकामा काँग्रेस विजयी
सोमबार, जेठ २, २०७९
नेपाली काँग्रेसले गुल्मीका दुई पालिकामा विजयी हासिल गरेको छ । दुई पालिकाको अन्तिम मतगणना सार्वजनिक हुँदा काँग्रेसले जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मीदरवार गाउँपालिकामा विजयी हासिल गरेको हो । रेसुङ्गा नगरपालिकामा नेपाली काँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थी नगर प्रमुखमा निर्वाचित भएका छन् ।
.jpg)
पाल्पाको माथागढीमा एमालेले चार वडासहित अध्यक्ष, उपाध्यक्ष जित्यो
सोमबार, जेठ २, २०७९
जिल्लाको माथागढी गाउँपालिकामा एमालेले चार वडासहित अध्यक्ष, उपाध्यक्ष जितेको छ । यहाँ नेकपा एमालेका यमबहादुर चिदी मगरले ६ हजार १ सय ९ मत ल्याएर विजयी भने उनका निकटत्म प्रतिद्धन्द्धी नेपाली काँग्रेसका सन्तोषकुमार थापाले ५ हजार ५ सय ५४ मत ल्याए । उपाध्यक्षमा विष्णुमाया लुङ्चे निर्वाचित भएकी छन् ।