यसरी मनाइँदै छ आज ऋषि पञ्चमी
बिहीबार, भदौ १६, २०७९

पाल्पामा आमा सुरक्षा कार्यक्रम पुनः सञ्चालन
बिहीबार, भदौ १६, २०७९
पाल्पामा निःशुल्क रुपमा आमा सुरक्षा कार्यक्रम लागु भएको छ । २ वर्षदेखि बन्द अवस्थामा रहेको आमा सुरक्षा कार्यक्रम यही भदौ १५ गतेदेपख पुनःसञ्चालनमा आएको हो । तानसेन नगरपालिकाको कार्यालय र लुम्बिनी मेडिकल कलेज बिच आमा सुरक्षा कार्यक्रम सम्झौता भएपछि सुत्केरी हुने गर्भवती महिलाहरुलाई राहत मिल्ने भएको हो ।

‘गरिमा मालामाल मुद्दती योजना’
बिहीबार, भदौ १६, २०७९
गरिमा विकास बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी ‘गरिमा मालामाल मुद्दती योजना’ सार्वजनिक गरेको हो । उक्त योजनामा ७३ महिना १० दिनमै निक्षेप दोब्बर र १ सय १६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने मुद्दती योजना ल्याएको जनाएको छ ।

पाल्पामा निरन्तर चल्दै ‘जनताको साथमा काँग्रेस’ अभियान
बुधबार, भदौ १५, २०७९
नेपाली काग्रेस पाल्पाले ‘जनताको साथमा काँग्रेस’ अभियान नियमित रुपमा सञ्चालन गर्दै आएको छ । आगामी मंसिर ४ हुने संघ र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर देशव्यापी कार्यक्रम अन्तर्गत नेपाली काँग्रेस पाल्पाले जिल्लाको प्रतिनिधी सभाको २ वटा र प्रदेशसभाको ४ वटै निर्वाचन क्षेत्रमा निरन्तर जनताको साथमा काँग्रेस अभियान कार्यक्रम गर्दै आएको...

पाल्पामा थप ३७ जना संक्रमितले कोरोना जिते
बुधबार, भदौ १५, २०७९
जिल्लामा पछिल्लो २४ घण्टामा थप ३७ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १९ जना महिला र १८ जना पुरुष संक्रमितले कोरोना जितेका हुन् ।

समयसँगै बदलिँदो तिज
बुधबार, भदौ १५, २०७९
‘जेलैमा हो जेलैमा, चरी जेलैमा, मै छोरी रुँदै रुँदै बेसी मेलैमा’ विष्णु माझीको स्वर रहेको यो तिज गीत यहाँका होटल र पार्टी प्यालेसमा निकै घन्कियो । निकै चर्चामा रहेको यो गीतमा पछिल्लो एक महिना बजारका पार्टी प्यालेसमा नाच्ने र रमाउनेको संख्या उल्लेख्य थियो । घरसँगै कार्यालयको पनि जिम्मेवारी भएका महिला...

आज नहुने भयो कक्षा १२ को परीक्षाफल प्रकाशित
मंगलबार, भदौ १४, २०७९
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंगलबार सार्वजनिक गर्ने भने पनि साँझा अवेरसम्म पनि गरेनन् । बोर्डले परीक्षाफल सार्वजनिक गर्ने भनिए पनि तयारी नपुगेका कारण गर्न नसकेको हो ।

आज १२ कक्षाको परीक्षाफल प्रकाशित हुँदै
मंगलबार, भदौ १४, २०७९
राष्ट्रिय परीक्षा बोर्डले आज यस वर्षको कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने जनाएको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

राजनैतिक उत्तराधिकारीको खडेरी
मंगलबार, भदौ १४, २०७९
आसन्न निर्वाचनका लागि टिकटले च्याप्दै गरेको जिन्दगी, शब्दसँग धेरै नेताहरुका मन बरालिएका छन्, अहिले । संघीय र प्रादेशिक निर्वाचनका लागि दिन नजिकिदै जाँदा, नेताहरु टिकट नमागे पनि नहुने र माग्दा पनि टिकटकै बोझले आफु च्यापिने डरमा छन् ।

हराउँदै तिजका पुराना भाका
मंगलबार, भदौ १४, २०७९
पछिल्ला वर्षहरुमा तिजका गीतमा मौलिकता हराउन थालेको छ । घरपरिवारसँगै बसी सुन्न र हेर्न नसकिने खालका तिजका गीतले अहिले प्रश्रय पाइरहेकै छन् । समाजले पचाउन नसकेका छाडा प्रकृतिका गीतहरु बजारमा एकपछि अर्को सार्वजनिक भइरहेकै छन् ।

आज विश्व बेपत्ता दिवस
मंगलबार, भदौ १४, २०७९
आज जबरजस्ती बेपत्ता पारिएका पीडितहरूको विश्व बेपत्ता विरुद्धको दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो हरेक वर्ष अगस्ट ३० मा बेपत्ता पारिएका व्यक्तिहरूलाई सम्मान र श्रद्धाञ्जली दिन मनाइने गरिन्छ ।

शीतभण्डार निर्माण पूरा नहुँदा स्थानीय निरास
मंगलबार, भदौ १४, २०७९
,कृषिजन्य उत्पादनलाई दृष्टिगत गर्दै शीतभण्डार निर्माणको प्रक्रियाले स्थानीयवासी औधी खुसी भए । आफ्नै गाउँघरमा उत्पादन हुने तरकारी, फलफूल लगायत विभिन्न कृषिजन्य पदार्थ सुरक्षित भण्डारण गर्न पाउने भएपछि उनीहरुले उत्पादन वृद्धि गर्ने सोच पनि बनाए । गाउँमा तरकारी, फलफूल लगायत बालीनालीको उत्पादन धेरै हँुदा भण्डारण गर्ने सुविधा हुने भएपछि कृषिमा उत्साह...