पाल्पाबाट दुई लाख ६५ हजार बढीको अवैध कपडा बरामद
आइतबार, भदौ १९, २०७९

राष्ट्रिय प्रतियोगिताका लागि पाल्पाबाट आई.टि.एफका खेलाडी छनोट
आइतबार, भदौ १९, २०७९
पाल्पा आई.टि.एफ् तेक्वाण्डोबाट राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि खेलाडी छनोट भएका छन् । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पाल्पा आई.टि.एफ् तेक्वाण्डो संघले २३ खेलाडी छनोट गरेको हो । जिल्लाका १३ डोजाङ्गबाट ढेड सय बढी खेलाडीहरु बिच भएको प्रतिस्पर्धामा २३ खेलाडी छनोट भएको संघका अध्यक्ष निर बहादुर सारुले बताए ।

गठबन्धनका नेताहरु अब को प्रधानमन्त्री हुने भन्ने मै व्यस्त छन् : एमाले उपमहासचिव ज्ञवाली
आइतबार, भदौ १९, २०७९
नेकपा एमालेका उप–महासचिव प्रदीप कुमार ज्ञवालीले वर्तमान सत्ता गठबन्धनका शीर्ष नेताहरूको अब को को प्रधामन्त्री बन्ने भन्ने मै व्यस्त रहेको बताएका छन् । नेकपा एमाले पाल्पाले तानसेनमा गरेको कार्यकर्ता प्रशिक्षणमा बोल्दै एमाले उप–महासचिव ज्ञवालीले गठबन्धनका नेताहरु देश बनाउने भन्दा पनि आगामी पाँच वर्षसम्म बार्गेनिङ्ग गरी सत्ता हत्याउने छलफलमा बित्ने गरेको...

घर फर्किएर, ‘बाख्रापालन’
आइतबार, भदौ १९, २०७९
तानसेन नगरपालिका–१२ बौघापोखराथोकका ३८ वर्षीय मुरारी पौडेलको खोरमा २० वटा बाख्रा छन् । लामो समय विदेश बसेर फर्किएका उनले रु १५ लाखको लगानीमा बाख्राका लागि आधुनिक खोर निर्माण गरेका छन् । तीन वर्ष मलेसिया र आठ वर्ष दुबई बसेर फर्किएका पौडेल अब विदेश नजाने सोंचमा छन् ।

वृद्धवृद्धालाई टोलमै उपचार
आइतबार, भदौ १९, २०७९
तानसेन नगरपालिका ३ भगवती टोलका ६० वर्षीय अनमोल श्रेष्ठलाई उमेर ढल्कदै गएपछि बेलाबेलामा विभिन्न स्वास्थ्य समस्याले घेरिरहन्छ । टोलमै पुगेर स्वास्थ्यकर्मीले उनको चेकजाँच गर्न थालेपछि उनी खुसी भएका छन् । चिकित्सक सहितको स्वास्थ्यकर्मी टोलमै आएर उनको प्रेसर र सुगर चेक गरे । त्यसपछि उनी निःशुल्क औषधि दिएर घर फर्किए ।...

सामूहिक बाख्रापालनमा महिलाको अग्रसरता
आइतबार, भदौ १९, २०७९
यहाँका महिलाले सामूहिक बाख्रापालनमा अग्रसरता देखाएका छन् । स्याङ्जाको वालिङ नगरपालिका ६ भरुवाका महिलाले बाख्रापालन गर्ने उद्देश्यसहित समूह गठन गरी सोहीमार्फत बाख्रापालन थालेका हुन् । स्थानीय दश महिला आवद्ध भई ‘भरुवा महिला बाख्रापालन समूह’ दर्ता गरी गत असारबाट व्यावसायिक बाख्रापालन थालिएको हो ।

कुमारी बैंकको मुद्दती निक्षेपमा ‘डबल’
आइतबार, भदौ १९, २०७९
के तपाई घरमै बसी धेरै कमाउन चाहनुहुन्छ ? के आफुसँग भएको सानो रकमबाट सुरक्षित तरिकाले धेरै रकम बनाउन चाहनुहुन्छ ? यदि त्यसो हो भने तपाईका लागि कुमारी बैंकले ल्याएको छ आकर्षक निक्षेप मुद्दती योजना । बैंकले मुद्दती निक्षेप योजना अन्तर्गत डबल हुने धनवृद्धि मुद्दती योजना ल्याएको हो ।

मट्टीतेल र डिजेलको मूल्य ६ रुपैयाँ बढ्यो
शनिबार, भदौ १८, २०७९
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँ बढाएको छ । निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै बिहीबार रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्यमा ६/६ रुपैयाँ बढाएको हो ।

तानसेनमा दीर्घरोगी र वृद्धवृद्धालाई निः शुल्क स्वास्थ्य सेवा
शनिबार, भदौ १८, २०७९
दिर्घरोगी र वृद्धवृद्धालाई लक्षित गरी तानसेनको बसन्तपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । घर–घर, टोल–टोलमा नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा अभियान अन्र्तगत तानसेन नगरपालिका –३ वडा कार्यालयले कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

नेपाल महिला संघको आयोजनामा रामपुरमा तिज गीत प्रतियोगिता
शनिबार, भदौ १८, २०७९
नेपाली काँग्रेसको भातृ सस्था नेपाल महिला संघ रामपुरको आयोजनामा २९ औं खुल्ला तिज गीत प्रतियोगिता भएको छ । संघले लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले रामपुरमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीले उद्द्घाटन गरेकी हुन् ।

बगनासकाली सरकारका सय दिन : उपलब्धि के ?
शनिबार, भदौ १८, २०७९
स्थानीय तहको दोस्रो निर्वाचनपछि गठन भएको वर्तमान पाल्पाको बगनासकाली गाउँ सरकारले आफ्नो कार्यकालको सय दिन पुरा गरेको छ । सरस्वती चिदी नेतृत्वको बगनासकाली गाउँ सरकारले कार्यकालको सय दिन पुरा गरेको हो । चिदी नेतृत्वको गाउँ सरकारले कार्यकाल सुरुभएपछि भए गरेका आफ्ना उपलब्धिहरु सार्वजनिक गरेको छ ।

रसायनको प्रयोगले केरा उत्पादनमा समस्या
शनिबार, भदौ १८, २०७९
रामपुर नगरपालिका–६ प्याक्लुक बस्ने वृहस्पति अर्यालले तीनवर्ष अघि केरा खेती सुरु गरे । पहिलो वर्ष र दोस्रो वर्षमा केराको उत्पादन राम्रै लिए । तर तेस्रो वर्षमा भने केराको उत्पादन कम भएपछि उनी अहिले चिन्तित छन् । करिब नौ रोपनीमा व्यवसाय गरेका अर्यालले हाल क्षेत्रफल घटाएर चार रोपनीमा मात्रै सीमित बनाएका...